प्रहरीको गोलीबाट विप्लवका नेता मारिए, ३ फरार

 

असार ५, काठमाडौँ । बिहीबार सर्लाहीको लाबन्दीमा प्रहरीसँगको भिडन्तमा विप्लवका एक नेता मारिएका छन् । 

विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरी कारबाहीमा मारिएको प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलले बताएका छन् । 

null

दुईवटा मोटरसाइकलमा आएका विप्लवका चार नेताले प्रहरीमाथी गोली प्रहार गरेपछी प्रहरीले आफ्नो बचाउँको लागि गोली प्रहार गरेका थिए ।विप्लवका ती नेताहरू प्रहरी सँग भिड्न नसक्दा जंगलतिर भागेका थिए भने चार मध्ये पौडेललाई गोली लागि उनको मृत्यु भएको हाे ।  

अन्य तीन जना भने फरार रहेको डिआइजी पोखरेले जानकारी दिएका छन् । 

प्रहरीले उनीहरुले चलाएको उनीहरुका दुईवटा मोटरसाइकल एउटा अनटेस्ट लेखेको एफ जेड मोटरसाइकल र अर्को अर्को ना २२ प ६४ नम्बरको १५० सिसीको पल्सर नियन्त्रणमा लिएको छ । 

मृतक पोडेलले बोकेको झोलाबाट थ्री नट थ्री पेस्तोल र कटुवा बन्दुक बरामद भएको प्रहरीले जानकारी दिएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *