बसको ठक्करबाट साईकल यात्रीको मृत्यु
२०७६ असार ९ गते

फाइल तस्वीर
असार ८, विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–७ छधारेमा आइतबार बिहान बसको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ ।
null
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को१ख ७२०४ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको साईकललाई ठक्कर दिँदा साईकल यात्री मोरङकै सुनवर्षी नगरपालिका–२ का ३० बर्षीय भिम मोचीको मृत्यु भएको हो ।
उनको घनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न बस र चालक प्रहरी चौकी कानेपोखरीले नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
२०७६ असार ९ गते
प्रतिक्रिया
सम्बन्धित








