प्रभु बैंकको नयाँ शाखा टिकापुरमा

 

जेठ ३१, कैलाली ।  प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तारको क्रममा शुक्रबार देखि कैलालीको टिकापुरमा थप शाखा संचालनमा ल्याएको छ । 

कैलालीका न.पा. वडा नं.१ स्थित टिकापुरमा शाखा कार्यालय खोली कारोवार संचालनमाल्याएको हो । उक्त शाखाको टिकापुर न.पा.कानगर प्रमुख  टपेन्द्र बहादुर रावलले उद्घाटन गरे । 

null

शाखा कार्यालय उद्घाटन कार्यक्रममा कैलाली जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ कैलालीका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिती रहेको थियो । 

कार्यक्रमका प्रमुख अतिथी टिकापुर न.पा.कानगर प्रमुख टपेन्द्र बहादुर रावलले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले देशका विभिनन ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस टिकापुर शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिल्ने भएको बताए ।  

टिकापुर शाखा समेत गरी बैंकले हाल सम्म १८४ वटा शाखा, १४६ वटा ATM र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ । 

आज देखि सञ्चालनमा आएको बैंकको टिकापुर शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *