छिमेकमा भोज खाएका ३० जना बिरामी, १९ जना अस्पताल भर्ना
२०७६ जेठ ३१ गते

धादिङ, ३१ जेष्ठ । निलकण्ठ नगरपालिका ११, ज्यामरुङ सिम्लेमा पास्नीको भोज खाएका ३० जना बिरामी परेका छन् । स्थानीय रेशमा आलेको छोराको पास्नी भोज खाएलगत्तै बुधबार रातिदेखि नै बिरामी हुन थालेको स्थानीयले बताएका छन् ।
चिकित्सकका अनुसार बिरामीहरुमा झाडावान्ता हुने, रिंगटा लाग्ने, ज्वरो आउने र रक्तचाप कम हुने लक्षण देखिएको छ । भोज खाएर बिरामी भएका ३० जनामध्ये १९ जना जिल्ला अस्पतालमा उपचारमा राखिएको स्वास्थ्यकर्मी सुजन घलेले बताए ।
null
उनका अनुसार सोही घरमा भोज खाएका सुकौरा र भार्मलेमा पनि २० जना बिरामी परेको खबर आएको छ । बिरामीको परीक्षण चलिरहेको अस्पतालले जनाएको छ ।
२०७६ जेठ ३१ गते
प्रतिक्रिया
सम्बन्धित








