खैरहनी नगरपालिकाको निति तथा कार्यक्रम सार्वजनिक

 

असार ५, चितवन। खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि निति तथा कार्यक्रम विहीवार सार्वजनिक गरेको छ । 

कृषि ,स्वास्थ्य,शिक्षालाई प्राथमिकता दिदैं आगामी आर्थिक वर्षका लागि खैरहनीले निति तथा कार्यक्रम ल्याएको हो । विहीवार सुरु भएको पाँचौ नगर सभामा नगर प्रमुख लालमणी चौधरीले निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । खैरहनी नगरपालिकाले घरमा हुने सुत्केरीको संख्यालाई न्युनिकरण गर्न स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई एम्वुलेन्स भाडा उपलव्ध गराउने निति अख्तियार गरेको छ । 

null

 

स्वास्थ्यको जोखिम मोलेर अझै पनि घरमै सुत्केरी गराउने क्रम छ नगर प्रमुख चौधरीले निति तथा कार्यक्रम प्रस्तुत गर्दै भने – सुत्केरी हुँदा आमा र वच्चाको मृत्यु हुने संभावनालाई ध्यान दिदै स्वास्थ्य संस्थासम्म पुर्याउन एम्वुलेन्स भाडा उपलव्ध गराउन लागेका हौ । खैरहनीले नगरपालिका भित्र आँखा अस्पताल निर्माणका लागि पहल गने,खैरहनी प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालको रुपमा विकास गर्ने, आर्थिक अभावका कारण शौचालय निर्माण गर्न नसकेकालाई शौचालय निर्माणमा सहयोग गर्ने निति अवलम्वन गरेको छ । 

खरको छानो भएका विपन्न परिवारलाई खरको छानो मुक्त गर्न सहयोग गरिने नगर प्रमुख चौधरीले वताए । नगर भित्र करिव ३ सय वटा खरको छानो रहेको उल्लेख गर्दै चौधरीले दुई वर्ष भित्र खरको छानो मुक्त नगर वनाउने वताए । यस्तै खेलकुदको विकासका लागि आवश्यक कानुन तर्जुमा गरी नगर खेलकुद विकास समिति गठन गर्ने जनाएको छ । 

युवाहरुलाई व्यवसायमा उत्प्रेरित गराउन शुन्य व्याजदरमा कर्जा उपलव्ध गराउने नगर प्रमुख चौधरीको भनाई छ । श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न उद्यमी तथा स्वरोजगार युवाहरुलाई सम्मान र प्रोत्साहन गरिने जनाएको छ । 

सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन प्रारम्भिक वाल विकास केन्द्रमा अध्ययनरत वालवालिकाहरुलाई दिवा खाजाको व्यवस्था गरिने नगरपालिकाले जनाएको छ । 

विद्यालयको करेसाबारीमा मसलावाली उत्पादन गर्ने कार्यलाई प्रोत्साहित गरिने निति तथा कार्यक्रममा उल्लेख छ । निति तथा कार्यक्रममाथी विहीवारनै छलफल भएको छ भने आगामी असार १० गते वजेट सार्वजनिक गरिने गरि नगर सभा स्थगीत भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 17 =