बालाजुमा पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने पक्राउ

 

जेठ ३०, काठमाडौँ । मोटरसाइकल चोरी गर्ने दुई जना प्रहरीको पक्राउमा परेका छन् । 

नुवाकोट मेगाङ गाउँपालिका–८ का रोशन मगर र सोही स्थानका का राहुल तामाङ लाई मोटरसाईकल चोरीको आरोपमा महानगरीय प्रहरी वृत्त बालाजुले बिहिबार बिहान पक्राउ गरेहको हो । 

null

पक्राउ परेका उनीहरुले बालाजुको तार्केश्वर नगरपालिका–२ स्थित पार्किङ गरी राखेको निलो रंगको बा.६३ प. ३३८ नम्बरको पल्सर मोटरसाईकल चोरी गरेको प्रमुख डीएसपी बाल नरसिंह राणाले बताएका छन् । 

उक्राउ परेका उनीहरुलाई कारवाही अघी बढाई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी गराएका छन् ।  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *