उपचारको क्रममा ५ महिने शिशुकाे मृत्यु भएपछी दोषीलाई कारवाहीको माग

 

जेठ ३०, काठमाडौँ । काठमाडौँको मैत्रीबाल अस्पतालमा उपचारको क्रममा ५ महिने शिशुको मृत्यु भएपछी शिशुका आफन्त र परिवारले दोषीलाई कारबाही हुनु पर्ने माग गरेका छन् । 

उनीहरुले अस्पतालको चरम लापवार्हीका कारण शिशुको मृत्यु भएको भनी दोषीमाथी कारवाही हुनुपर्ने माग राखेका हुन् । 

null

मृतक शिशुलाई ज्वारो आएपछी जेठ २१ गते हेटौडा बस्ने नितिन श्रेष्ठले आफ्नो ५ महिने छोरी उपचारको लागि मैत्री बाल अस्पतालको आईसियूमा भर्ना गरिएका थिए 

अस्पताल भर्ना गरिएको ४ दिन बित्न नपाउँदै उक्त शिशुको मृत्यु भएपछी पिडित परिवारले अस्पतालको लापवार्हीको कारणले शिशुको मृत्यु भएको भनी प्रहरी र नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएका छन् । 

तर अस्पतालको डाक्टरले भने शिशुको मुटुको समस्याका कारण मृत्यु भएको बताएका छन् । तथापी शिशुको के कारणले मृत्यु भएको काउन्सिलको रिर्पोट आए पछि मात्रै थाहा हुने अस्पताल प्रशासनकी सिर्जना आचार्यले जानकारी दिएकी छिन् । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *