मनसुनकै कारण देशभरको मौसममा बदली, आज कस्तो होला ?

काठमाडौं, ८ असार । पूर्वबाट सक्रिय अवस्थामा नेपाल छिरेको मनसुन पश्चिम तिर जाने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन पश्चिम नपुगेपनि प्रभाव देशभर नै देखिएको मौसमविदले बताएका छन् । मनसुनकै कारण देशभरको मौसम शनिबारदेखि नै बदली भएको हो । 

 

देशभरका स्थानमा बदली भइ पानी पर्ने गतिविधि बढेको मौसमविद बताउँछन् । लगातारको झरी पर्ने सम्भावना नरहे पनि दिनभरजसो बलदी भइ पानी पर्ने सम्भावना छ । केहीबेर घाम लागे पनि पुनः बदली भइ पानी पर्ने देखिएको छ । लगातारको झरी पर्नका लागि अझै केही समय लाग्ने मौसमविदले बताएका छन् । आइतबार पनि देशभरको मौसम बदलीको अवस्थामा छ । 

null

मध्य र पश्चिमका क्षेत्रमा सामान्यदेखि पूर्ण बदली र पूर्वमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ ।पूर्वका केही र मध्य तथा पश्चिमका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । पश्चिम र मध्यका थोरै स्थानमा ठूलो पानी पर्ने देखिएको छ । उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − three =