सवारी दुर्घटनामा गम्भिर घाइते भएका सैनिक तामाङको मृत्यु

 

जेठ ३०, हेटौडा । बुधबार राति मकवानपुरमा सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका ३० वर्षीय नेपाली सेनाका लेस नायक विवेश तामाङको मृत्यु भएको छ । 

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ सामरी पुल नजिकै गएराति सवारी दुर्घटना हुँदा उनी गम्भिर भएको मकवानपुर जिल्ला प्रहरी कार्यालय जनाएको छ । 

null

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ७ च ३८४८ नम्बरको कारले हेटौँडाबाट भैसैतर्फ जाँदै गरेको बा ४१ प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना हुन गएको थियो । 

दुर्घटनामा परी गम्भिर घाइते भएका उनको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *