बैंकिङ कसुरका फरार प्रतिवादी खड्का पक्राउ

 

असार ४, काठमाडौँ । २३ लागि ठगी गरी फरार रहेका बैंकिङ कसुरका एक फरार प्रतिवादी पक्राउ परेको छ । पक्राउ पर्नेमा प्रतिवादी प्रमोदकुमार खड्का रहेका छन् । 

प्रहरीका अनुसार पक्राउ परेका खड्काले काठमाडौंको तारकेश्वर नगरपालिका–९ (साविक मनमैजु गाविस–३) का प्रशान्त जैसवालसँग २३ लाख रकम सापटी लिएको बहानामा ठगी गरेको हो । 

null

पक्राउ परेका खड्कालाई प्रहरीको केन्द्रीयय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बुधबार पक्राउ गरेका हुन् । 

उनलाई वैशाख १६ गते बैकिङ् कसुर मुद्दामा उच्च अदालत पाटनले १ महिना जेल सजाय र २३ लाख रुपैयाँ जरिवानाको फैसला गरेको प्रहरीले जनाएको छ । 

हाल उनलाई काठमाडौं जिल्ला अदालतमा फैसला कार्यान्वयनको लागि पेश गरी कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा लगिएको छ । 

  

  

  

  

बैंकिङ कसुरका फरार प्रतिवादी प्रमोदकुमार खड्कालाई प्रहरीको केन्द्रीयय अनुसन्धान ब्यूरो ९सीआईबी०ले पक्राउ गरेको छ। 

काठमाडौंको तारकेश्वर नगरपालिका–९ ९साविक मनमैजु गाविस–३० का खड्काले प्रशान्त जैसवालसँग २३ लाख रुपैयाँ सापटीको रुपमा लिएर ठगी गरेको प्रहरीले जनाएको छ। 

खड्कालाई बैकिङ् कसुर मुद्दामा उच्च अदालत पाटनको गत वैशाख १६ गतेको फैसलाले १ महिना कैद र २३ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो। 

बुधबार पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरी कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा पठाईएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *