राजधानीमा मोटरसाइकल चोरीको घटनामा वृद्दि, कहाँ जान्छन् चाेरीका मोटरसाइकल ?

काठमाडौं, १८ जेठ । पछिलो समय राजधानी लगायत देशका विभिन्न भागहरुमा मोटरसाइकल चोरीका घटनामा उलेख्य वृद्दि भईरहेको छ । राजधानीमा मात्रै दैनिक १ देखि दुई वटा मोटरसाइकल हराईरहेको घटना प्रहरी र ट्राफिक समक्ष निवेदन दर्ता भइरहेको हुन्छ । अन्य सवारी साधनको तुलनामा मोटरसाइकल र स्कुटर अत्याधिक विक्री हुने र धेरै हराउने सवारी साधनको रुपमा चिनिन थालेको छ । 

सार्वजनिक क्षेत्रमा पार्किङ गरेर राखेका मोटरसाइकल र स्कुटर हराउने गरेको कुनै नौलो कुरा भएन् । तर आफ्नो घरको हाता भित्र गेटमा ताला लगाएर सवारी साधन लक गरेर राख्दा समेत चोरिएको पाईएको छ । त्यति मात्र होईन एकै दिनमा छुट्टाछुट्टै घरको गेट भित्र राखिएका स्कुटर र वाईक समेत चोरी भईरहेको छ । प्रहरीले मोटरसाइकल चोरीको घटना वृद्दि भए पनि सोचे अनुरुप चोरीको गिरोह पक्राउ गर्न सकिरहेको छैन । 

राजधानीबाट चोरिएका मोटरसाइकल राजधानी बाहिरका जिल्लाहरुमा जाने गरेको छ । ति मोटरसाइकल कहाँ जान्छन भन्ने बारे प्रहरी प्रहरी समेत अन्योल ग्रस्त देखिएको छ । महानगरी प्रहरी परिसर काठमाडाैंका प्रहरी प्रमुख उत्तम सुवेदीले राजधानीमा मोटरसाइकल चोरीको घटना बढे सँगै मोटरसाइकल चोरका विरुद्धमा कडा रुपमा प्रस्तुत भएको बताए । सुवेदीका अनुसार मोटरसाइकल चोरी गरेपछि लुटेराले नम्बर प्लेट बदल गरेर चलाउने गरेकाे पाइएकाे छ । 

null

 

काठमाडाैं प्रहरी प्रमुख सुवेदीले राजधानीमा मोटरसाइकल चोरीको घटनामा वृद्दि भए सँगै चोरीको मोटरसाइकल राजधानी आसपासका जिल्लाहरुमा जाने गरेको भने सुचनाको आधारमा अरु जिल्लाहरु संँग समन्वयन गरिरहेको र ति गिरोहलाई समाउन छुट्टै सिभिल प्रहरीको विशेष युनिटले काम गर्ने र सामुदायिक प्रहरी अवधारणामा गई यस्ता समस्या हल गर्ने बताए । 

पटक पटक विभिन्न स्थानमा चोरीएको मोटरसाइकलहरु प्रायः काभ्रे, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, धादिङ, मकवानपुरको पालुङ लगायतको स्थानहरुमा प्रयोग भईरहेको प्रहरीकै एक उच्च स्रोतको दावी पनि छ । आर्थिक बर्ष ०७५/०७६ मा १३ सय ४५ ओटा मोटरसाइकल हरायो भन्ने निवेदन ट्राफिक महाशाखामा दर्ता भयो । ति मध्ये ३ सय ४ ओटा फेला परे । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त कुमार पन्तले मोटरसाइकल चोरीपश्चात् स्वरुप परिवर्तन तथा भिन्न रङ प्रयोग गरी मोटरसाइकल चलाउने प्रहरीको अनुसन्धानबाट खुलेको बताए । 

 

पक्राउ परेका मोटरसाइकल चोरी गर्ने गिरोहका सदस्यहरूले चोरीको मोटरसाइकल नेपाल भित्रै १८ हजारदेखि २५ हजार सम्ममा बिक्री गर्ने गरेको प्रहरी स्रोतको दावि छ । मोटरसाइकल चोरी गर्ने गिरोह चोरी गर्दे जिल्ला बाहिर बेच्ने गरेका छन् । उनीहरुले दिउसो एक वा दुई चार जनाको समुहमा विभाजन भई मोटरसाइकल पार्किङ, सवारी धनी र घरको पुनः जानकारी गरेर मोटरसाइकल चोरी गरिरहेका छन् । 

घरमा पार्किङ गरिरहेको मोटरसाइकल स्कुटर बारेमा सवै जानकारी प्राप्त गरे पश्चात मोटरसाइकलको लक ताेडेर डाईरेक्ट तारको माध्यमबाट मोटरसाइकल स्टार्ट गररे चोर्ने गरेको पाईएको छ । प्रहरी स्रोतका अनुसार चोरी गरेको मोटरसाइकल नक्कली ब्लुबुक बनाई बेच्ने गरेको समेत खुलेको बताए । मोटरसाइकल स्कुटर चोरी गरेपछि तुरुन्त मोटरसाइकलको नम्वर फेर्ने स्वरूप परिर्वतन गर्ने लगायतको काम हुने गरेको पाईएको छ। मोटरसाइकल चोरहरुलाई बेलाबखत प्रहरीले मोटरसाइकल सहित पक्राउ पनि गर्दै आईरहेको छ । तर, मोटरसाइकल हराउने घटनामा भने कमि आएको छैन । 

मोटरसाइकल चोरलाई पन्छाउन मकवानपुर सम्म महानगरीय प्रहरी प्रभाग बलम्वुले चोरी गरेकाे दुई वटा मोटरसाइकल सहित एक जनालाई पक्राउ गरेको छ । काठमाडाैं चन्द्रागिरी १२ दोम्बुटोल स्थित गोलभेडा टहराबाट राजेश तामाङ र रेशम तामाङले पार्किङ गरी राखेको प्रदेश ३०२००१ प ४५६२ नम्बरको २२० सि.सी.को निलो पल्सर मोटरसाइकल र बा ८९ प ७५९८ नम्बरको २२० सि.सी.को निलो कलरकै पल्सर मोटरसाइकल चोरी भएको १८ घण्टामै एक जनालाई पक्राउ गरेको हो । 

 

महानगरी प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शकंर खड्काले माेटरसाइकल चोरी भएको भन्ने प्राप्त सुचनाको आधारमा प्रहरीले मकवानपुर, पालुङ स्थित  वडा एरियामा लुकाइ छिपाई राखेको भन्ने बिशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय पालुङ मकवानपुर सँग समन्वय गरी खोजतलास गर्दा दुई वटा मोटरसाइकल सहित एकलाई पक्राउ गरिएको बताए । महानगरी प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले पछिल्लो समय चन्द्रागिरीमा मोटरसाईकल चोरी बढि रहेको भने सुचना प्राप्त गरे सँगै सिभिल प्रहरी खटाईएको बताए । 

उनले चोरीकाे मोटरसाइकल मकवानपुर थाहा न.पा. ७ डाँडाबास सडक खण्डमा गुडिरहेको अवस्थामा पक्राउ गर्ने क्रममा बा ८९ प ७५९८ नं. को मोटरसाइकल चालक मोटरसाइकल छोडि फरार रहेको, मोटरसाइकल बरामद भएको र प्रदेश ३-०२-००१ प ४५६२ नम्बरको चालक मकवानपुर थाहा न.पा. ७ चौबास बस्ने बर्ष ३० को दिपक सिंह थिङ लाई पक्राउ गरिएको बताए । बृत्त प्रमुख थापाका अनुसार चोरीमा संलग्न अन्य ब्यक्तिहरुको खोजी कार्य जारी रहेको छ । चन्द्रागिरीबाटै एक दर्जन भन्दा बढि मोटरसाइकल चोरी घटनाको निवेदन प्रहरी समक्ष दर्ता भएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *