बेलायती राजकुमारले भने, ‘मेरो बच्चाहरु समलिङ्गी भए समर्थन गर्थेँ तर…’

 

बेलायती राजकुमार विलियम्सले आफ्ना सन्तान समलिङ्गी भए उनीहरुलाई पूर्ण समर्थन गर्ने स्पष्ट पार्दै चिन्तित पनि हुने बताएका छन् । 

उनको चिन्ता सन्तान समलिङ्गी भएकामा होइन, उनीहरुले झेल्नुपर्ने घृणा, बाधा–अवरोध, उत्पीडन र भेदभावमा हो । 

null

उनी भन्छन्, ‘मेरो समलिंगी सन्तान भएमा म पूर्ण समर्थन गर्छु, यद्यपी एक पिता भएको नाताले मलाई पक्कै चिन्तित बनाउने छ । उनीहरुले जुन दबाब झेल्नुपर्छ, त्यसका लागि म चिन्तित हुनेछु ।’ 

उनले संसारमा यी सबै कुरा साधारण रुपमा देख्न चाहेको बताए । उनले भने, ‘मेरो यो चाहना छ कि हामी यस्तो संसारमा बाँचौं जहाँ यी सबै कुरा साधारण होस्, तर विशेषगरी मेरो परिवारको जुन स्थान छ, यो अवस्थामा मेरा सन्तान समलिङ्गी भए उनीहरुलाई थप दबाब हुन्छ भन्ने पिर छ ।’ 

विलियम्सको यस्तो बयानले संसारभरीका एलजीबीटी समुदायलाई खुसी दिलाएको छ । 

बेलायती राजपरिवारको सदस्यले लेस्बियन, गे, बाइसेक्सुअल र ट्रान्सजेन्डरको अधिकार र समानताका लागि उनीहरुको लडाईंमा समर्थन गर्नु निकै ठूलो कुरा भएको विभिन्न सञ्चार माध्यमले बताइरहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *