मोदीले पाकिस्तानको हवाई क्षेत्र प्रयोग नगर्ने

जेठ २९, नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले किर्गिस्तानको भ्रमणका क्रममा पाकिस्तानको हवाई क्षेत्र प्रयोग नगर्ने भएका छन् ।
किर्गिस्तान को राजधानीम विश्केकमा हुन लागेको संघाइ सहयोग संगठन (एससीओे) समटिमा सहभागी हुन जान जाने समयमा मोदीले पाकिस्तानको हवाई क्षेत्रको प्रयोग नगर्ने भएका हुन् ।
null
विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री मोदी ओमान, ईरान र मध्य एशियाको देशको बाटो हुँदै विश्केक जानेछन् ।
मोदी १३–१४ जुनको एससीओ समिटमा सहभागी हुनेछन् । भारतले आइतबार पाकिस्तानसँग मोदी किर्गिस्तान जानका लागि आफ्नो हवाई क्षेत्र खुलाउन अपिल गरेको थियो । पाकिस्तान सरकारले पनि सोमबार आफ्नो हवाई क्षेत्र प्रयोग गर्न अनुमति दिएको थियो ।
विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले विश्केक जानका लागि भारत सरकारले दुई विकल्प निकालेका थिए । अब प्रधानमन्त्रीको विमाान ओमान, ईरान र मध्य एशियाका देशको बाटो हुँदै विश्केक जानेछ ।
यस पाकिस्तानका प्रधानमन्त्री इमरान खान पनि सहभागी हुनेछन् ।








