रत्ननगरको वजेट १ अर्व ५ करोड

 

असार १०, चितवन । चितवनको ठुलो नगरपालिकाको रुपमा रहेको रत्ननगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि १ अर्व भन्दा वढि वजेट प्रस्तुत गरेको छ । 

नगरपालिकाको मंगलवार सुरु भएको पाँचौ नगर सभाले आगामी आर्थिक वर्षका लागि १ अर्व ५ करोड वरावरको वजेट ल्याएको हो । नगर सभामा उपप्रमुख विमलादेवी दुवाडीले वजेट प्रस्तुत गर्दै आगामी वर्षका लागि १ अर्व ५ करोडको वजेट ल्याउन लागेको वताईन् । 

null

उपप्रमुख दुवाडीका अनुसार नेपाल सरकारबाट शशर्त अनुदान २८ करोड २० लाख,समानिकरण अनुदान १९ करोड १३ लाख,राजस्व वाँडफाँडमा ११ करोड ६९ लाख,प्रदेश सरकारबाट समानिकरण अनुदान १ करोड १० लाख,शशर्त अनुदान ४ करोड ९६ लाख,राजस्व वाँडफाँडमा ३ करोड ३१ लाख, सामाजिक सुरक्षा २० करोड आम्दानी हुने अनुमान छ । 

त्यस्तै समपुरक अनुदान २ करोड, विषेश अनुदान २ करोड, सडक वोर्डबाट ८० लाख, प्रधानमन्त्री रोजगारी कार्यक्रमबाट ५० लाख गरी कुल १ अर्व ५ करोड रुपैयाको वजेट रहने उपप्रमुख दुवाडीले वताईन् । 

क्षेत्रगत रुपमा आर्थिक विकास तर्फ १ करोड २५ लाख, सामाजिक विकासमा १ करोड ९३ लाख,संस्थागत विकास तथा सुशासनमा ३७ लाख, वातावरण तथा विपद व्यवस्थापनमा ८७ लाख, पूर्वाधार विकासमा ८ करोड ६७ लाख रहेको छ । नगर सभामा आगामी आर्थिक वर्षका लागि निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख नारायण वनले सार्वजनिक जग्गा संरक्षण गरी उपयोगमा ल्याउन एक वडा एक वगैचासहितको खोप केन्द्र तथा पुस्तकालय निर्माण गरिने वताए । 

त्यस्तै दाउराको प्रयोगबाट उत्सर्जन हुने धुवाँबाट उत्पन्न हुने रोगहरुलाई न्युनिकरण गर्न गरिव र विपन्न परिवारलाई सुधारिएको चुल्हो वितरण गर्ने निति लिईएको नगर प्रमुख वनले जानकारी दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *