बिभिन्न अवैध कारोबारमा संलग्न ५ पक्राउ

 

असार १२, काठमाडौँ । प्रहरीले बिभिन्न अवैध कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरेका छन् । 

बुधबार दिउँसो काठमाडौं २७, ढल्कुबाट गैंडाको खागसहित गोरखाको चुमनुब्री ३, सिर्दिवास बस्ने ५३ वर्षीय लालबहादुर गुरुङलाई पक्राउ गरेका छन् भने उनीसँगै सेतो सिसाको पत्थरसहित धादिङका ३३ वर्षीय अष्टबहादुर थिङ र ३४ वर्षीय गोविन्दप्रसाद मोक्तान पनि पक्राउ गरेको महानगरीय प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् । 

null

 रु. ५५ लाख रुपैयाँमा विक्री गर्न लागिएको गैंडाको खाग सहित ती ३ जना पक्राउ परेको डीएसपी बोगटीले बताएका छन् । 

पक्राउ परेका ती तीनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला वन कार्यालय, हात्तिसार लगिएको प्रहरीले जनाएको छ । 

त्यसैगरी प्रहरीले काठमाडौंको मित्रनगरमा रहेको एक होटलबाट चितुवाको छापा र टाउकोको हड्डीसहित दुई व्यक्तीलाइ नियन्त्रणमा लिएका छन् । 

पाँचथरको फाल्गुनन्द ४ का २४ वर्षीय मिश्रुङ चेम्जोङ र ३० वर्षीय प्रशान्त दास चेम्जोंङलाई चितुवाको छापा र टाउकोको हड्डी सहित नियन्त्रणमा लिईएको हो । 

नवदुर्गा गेष्ट हाउसमा महानगरीय प्रहरी वृत्त, बालाजु र प्रहरी प्रभाग गोंगबुको संयुक्त टोलीले छापा मार्दा ती दुई जना पक्राउ परेको डीएसपी बोगटीले जानकारी दिएका छन् । 

पक्राउ परेका उनीहरुमाथी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *