सनराइज बैंकको किन्जा र शिवालयमा शाखा विस्तार

 

असार ९, काठमाडौँ । आफ्ना ग्राहकलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । 

यसै क्रममा सोलुखुम्बु स्थित किन्जामा १०८ औँ र रामेछाप स्थित शिवालयमा १०९ औँ शाखा संचालनमा ल्याएको छ । असार ८ गते आयोजित औपचारिक कार्यक्रमा लिकुपिके नगरपालिकाको मेयर डम्बर बहादुर बस्नेतले किन्जा शाखाको उद्घाटन गरे । 

null

 

साथै गोकूल गंगा गाउपालिकाको मेयर खड्क बहादुर सुनुवारले शिवालय शाखाको असार ९ गते उद्घाटन गरेका हुन् । सो कार्यक्रममा सनराइज बैंकका अन्य पदाधिकारीहरूकाे उपस्थिति रहेको थियो । 

यो समेत गरी बैंकको शाखा संख्या १०९ वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्य भर ३५ वटा शाखा रहित बैंकिङ्गसेवा, ४ वटा एक्सटेन्सन काउण्टर र१२२ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *