त्रिवि सेवा आयोगको मुल गेटमा विद्यार्थीले लगाए ताला
२०७६ असार ३ गते

असार २, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको मुल गेटमा विद्यार्थीहरुले ताला लगाएका छन् ।
आयोगको परीक्षामा आयोगका अध्यक्ष चैतन्य शर्मा, अन्य पदाधिकारी र विद्यार्थी नेताकासमेत आफन्तको नाम निकालेर अनियमितता गरेको भन्दै एक महिनादेखि अनसनमा बसेकका विद्यार्थीले मुलगेटमै तालाबन्दी गरेका हुन् ।
null
उनीहरुले आजदेखि पदाधिकारीलाई भित्र छिर्न दिएका छैनन् ।
विद्यार्थीहरुले वैशाख २४ गते नतिजा प्रकाशित भए लगत्तैदेखि आन्दोलन जारी राखेका थिए । आयोगले भने सो आरोपको खण्डन गर्दै आएको छ ।
२०७६ असार ३ गते
प्रतिक्रिया
सम्बन्धित








