साइकलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

काठमाडौं, २३ जेठ । बिजुलीबजारमा आज बिहान साइकलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । दुर्घटनामा बा ४१ प ५३६ नम्बरको मोटरसाइकल चालक ललितपुर पाटनका ३७ वर्षीय अमरराज ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ । 

 

मोटरसाइकलमा सवार काभ्रेकी रितु लामा घाइते भएकी छन् । मोटरसाइकल रड बोकेको साइकलमा ठोक्किएको प्रहरीले जानकारी दिएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 12 =