निगमका सबै ट्यांकरको नापजाँच हुने

 

जेठ २०, काठमाडौँ । नेपाल आयल निगमको डिपोबाट तोकिएको परिमाणभन्दा थोरै मात्रामा तेल डिलरहरुमा पठाइएको गुनासो धेरै आएपछी तेल नापजाँच गर्ने भएको छ । 

नेपाल आयल निगमका सबै ट्यांकरको तेल नापजाँच गुणस्तर तथा नापतौल विभागले गर्ने भएको हो । 

null

यस विभागका निर्देशक विश्वबावु पुडासैनीका अनुसार भारतीय क्यालिब्रेसन नेपाली मापदण्डको नहुने भएकाले नेपाली मापदण्डका लागि नेपालमै क्यालिब्रेसन बाटै नापिने भएकाे हाे ।  

क्यालिब्रेसन भनेकाे इन्धन भरिएको ट्यांकरमा तोकिएको परमाणमा इन्धन छ कि छैन भनेर नापजाँच गर्ने  प्रविधिलाई  भनिन्छ । गुणस्तर तथा नापतौल विभागले यस प्रविधीलाई दुई वर्षदेखि अघि देखी नेपालनै लागु गरेतापनी निगमको इन्धन बोक्ने ट्यांकरले भारतीय क्यालिब्रेसनको कागज देखाउँदै आईरहेका छन् । 

भारतमा अण्डर क्यालिब्रेसन गरेर इन्धन ढुवानी भएको हुनसक्ने आशंकालाई नापतौलको क्यालिब्रेसनले चिर्ने पुडासैनीले विश्वास लिएका छन् । 

निगमको थानकोट कार्यालयलाई परिपत्र गर्दै निगमको थानकोट डिपोबाट बिक्रि वितरण हुने प्रेट्रोलियम पदार्थ ढुवानीमा संलग्न सबै ट्यांकरहरुको स्ट्याण्डर्ड जाँच गर्न गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले आदेश दिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *