बालिकालाई बिहेको प्रलोभन देखाई जबरजस्ती करणी गर्ने पक्राउ

 

असार ५, ललितपुरमा । प्रहरीले ललितपुरमा १४ वर्षिय बालिकालाई बिहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोपमा एक १९ वर्षिय किशोरलाई गरेको छ । 

डडेल्धुरा घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–६ सानागाउँ डेरा गरी बस्ने वर्ष १९ को विरेन्द्र कोलीले १४ वर्षिय नाम नखुलाएकी बालिकालाई बिहे गर्छु भनी कोठामा ल्याएर जबरजस्ती गरेको प्रहरीले जनाएको छ । 

null

जेठ ३२ गते देखी घरबाट हराएकी बालिकाको परिवारले प्रहरी समक्ष उजुरी दर्ता गरेपछी  बालिकाको खोजीकार्यको क्रममा खटिएका प्रहरी टोलीले कोलीको कोठाबाट बालिकालाई उद्धार गरि कोलीलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी गौतम मिश्रले बताएका छन् । 

उद्धारपछी पिडित बालिकाले बिहेको प्रलोभन देखाई आफूलाई जबरजस्ती करणी गरेको बयान दिएकी डीएसपी मिश्रले जानकारी दिएको छ । 

प्रहरीका अनुसार हाल पक्राउ परेका कोलीमाथी अपहरण गरी शरीर बन्धक बनाई जबरजस्ती करणी गरेको मुद्धा चलाई जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याथ थप गरी अनुसन्धान भइरहेको छ 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *