लागुऔषध कारोबारी थापा खतरामुक्त

 

जेठ २९, पोखरा । लागु औषध ओसार पसार गरिरहेको अवस्थामा पक्राउ गर्न खोज्दा प्रहरीकाे गोली लागेर घाइते भएका गोविन्द थापाको अवस्था खतरामुक्त भएको छ । 

पोखराको उत्तमचोकमा थापालाई पक्राउ गर्न खोज्दा प्रहरीलाई नै आक्रमण गर्न खोजेपछी प्रहरीले उनलाई गोली हान्दा देब्रे खुट्टाको घुँडा मुनी गोली लागी उनी घाइते भएका थिए । 

null

हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान पश्चिमाअञ्चल क्षेत्रीय अस्पतालमा उपचार भईरहेका उनको अवस्था खतरामुक्त रहेको यस अस्पतालका डाक्टर सुमन पौडेलले जानकारी गराएका छन् । 

प्रहरीका अनुसार बिशेष सूचनाको आधारमा पक्राउ परेका थापाको साथबाट डाईजोपाम, नुर्फिन र फेनार्गनलगायत १५ सय थान लागूऔषध फेला पारिएको छ । 

पक्राउ परेका थापा लागु औषध कारोबारी हुनुको साथै नियमित सेवनकर्ता समेत भएको खुल्न आएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *