सांग्रिला डेभलपमेन्ट बैंकको “बचत पनि विमा पनि” बचत खाता योजना

 

जेठ २७, काठमाडाैँ ।  सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकको सुविधाहरुलाई मध्येनजर गर्दै अझ बढी लाभान्वित तुल्याउनको लागि “बचत पनि विमा पनि” नयाँ बचत खाता संचालनमा ल्याएको छ । 

यस अन्तगर्तत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा (रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप ३ वटा नयाँ बचत खाताहरु रहेका छन् । जस अन्तर्गत ती खाताहरु खोल्ने ग्राहक महानुभावहरुलाई जम्मा रु. १६ लाख सम्मको विमाको व्यवस्था गरिएको छ जुन खाताको प्रकृति हेरी दुर्घटना विमा, औषधि उपचार विमा तथा घाटक रोगको उपचार वीमा सम्बन्धी सुविधाहरु रहेका छन् । 

null

जुन खाता खोल्दा ग्राहक महानुभावहरुले मासिक ७% ब्याज प्राप्त गर्न सक्नेछन् भने न्यूनतम मौज्दात रु.५०००/–, रु.१५०००/– तथा रु.२५०००/– रहेका छन् । यो खाता खोल्ने ग्राहकले लकर सुविधामा विषेश छुट, निशुल्क ABBS तथा एटिएम भिसा कार्ड, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा १ वर्षको लागि निशुल्क सुविधा प्राप्त गर्न सक्नेछन् । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *