विप्लवका छोराले चलाए स्वास्थ्य शिविर

 

असार ९, काठमाडौं । प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दले स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । 

बाबु (विप्लव) भूमिगत भइरहेका बेला उनका छोरा प्रकाशले कपिलवस्तुस्थित शिवगढी नगरपालिका–३ भगवानपुरको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् । 

null

प्रकाशसहित १९ जना स्वास्थ्यकर्मीहरुको सहभागी रहेको शिविर अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघको पहलमा शहिद स्मृति प्रतिष्ठानले आयोजना गरेको थियो । 

स्वास्थ्य शिविरबाट २६ सय जनाले सेवा लिएको प्रकाशले बताए । 

 

उनका अनुसार स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती, बालरोग, दाँतरोग, हाडजोर्नी, छाला रोग तथा यौनरोग, नाक कान घाँटी, प्रयोगशाला र भिडियो एक्सरे सेवा उपलब्ध गराइएको थियो । 

 

विप्लवको पार्टीको जनवर्गीय संगठन जनस्वास्थ्यकर्मी महासंघका महासचिवसमेत रहेका प्रकाश चितवनको भरतपुरमा चिकित्साशास्त्र अध्ययनरत् छन् । 

मिनि रोल्पा पनि भनेर चिनिने कपिलवस्तुको शिवराजगढीमा नेत्रविक्र्रम चन्दको गाउँ हो । त्यहाँ उनका ३ दाजुभाई रहेका छन् । उनको परिवार पनि त्यही बस्ने गर्दछन् । विप्लवका ३ दाजुभाइ नै राजनीतिमा सक्रिय छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *