एलआइसीको डेपुटी सिइओमा बर्णवाल

 

जेठ २०, काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) को डेपुटी सिइओमा टी. बर्णवाल नियुक्त भएका छन् । 

एलआइसी नेपालले आजबाट कम्पनीको नयाँ नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा टी. बर्णवाल लाई नियुक्त गरेको जनाएको छ । कम्पनीका सिइओ अभिजित घोष दस्तिदारले आफ्नो कार्यकाल पुरा गरी एलआईसी अफ इण्डियाको प्रधान कार्यालय मुम्बई सरुवा भएपछि सो रिक्त पदमा बर्णवाललाई नियुक्त गरिएको हो । 

null

बि.कम.(अनर्स) र चार्टड एकाउन्टेन्टको अध्ययन पुरा गरेका बर्णवाल नेपाल आउनु अघि एलआईसी अफ इण्डियाको डिभिजन म्यानेजरको पदमा कार्यरत थिए । 

उनले एलआईसी अफ इण्डियामा सन् १९९८ मा अधिकृतस्तरबाट सेवा प्रारम्भ गरी वित्त तथा लेखा, प्रशासन र मार्केटिङ्ग विभागहरुमा २१ वर्षको कार्यानुभव हासिल गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *