स्वास्थ्य वीमा कार्याशाला गोष्ठी सम्पन्न

 

जेठ २९, काठमाडौं । स्वास्थ्य वीमा बोर्डको आयोजना तथा कोरियन अन्तरराष्ट्रिय सहायता संस्था KOICA को सहयोगमा स्वास्थ्य वीमा कार्यक्रमको प्रवद्र्धनात्मक सामग्रीको विकाश एवं संशोधन विषयक कार्यशाला गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ । 

सो गोष्ठीमा स्वास्थ्य वीमा कार्यक्रमलाई प्रभावकारी बनाउन के कस्ता श्रव्य दृश्य सामग्रीहरु आवश्यक हुन्छन र त्यस्ता सामग्रीको तयारी कसरी गर्न सकिन्छ भन्ने सम्वन्धमा विस्तृत छलफल गरिएको थियो । 

null

कार्यशालामा राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक कुञ्ज जोशी, ब्रेक थ्रु एक्सनका सिर्जना के.सी., कोइका नेपालका प्रतिक खनाल र स्वास्थ्य वीमा बोर्डका राम कुमार श्रेष्ठले सहजीकरण गरेका थिए । 

सो कार्यक्रममा स्वास्थ्य वीमा कार्यक्रमका दर्ता सहयोगीको हाते पुस्तिका समुहगत रुपमा पुनरावलोकन गरी संशोधन गर्न सुझाव दिइएको थियो । साथै स्वास्थ्य वीमा कार्यक्रमका लागि आवश्यक पोस्टर र स्टीकर निमार्णका सम्वन्धमा छलफल भएको थियो । 

हाल बोर्डबाट ब्रोसर, फिलिप चार्टका साथै रेडियो र टेलिभिजनबाट श्रव्य दृश्य सामग्रीहरु प्रसार भइरहेका छन । उक्त गोष्ठीको समापन समारोहमा बोल्दै बोर्डका कार्यकारी निर्देशक रमेश कुमार पोखरेलले स्वास्थ्य वीमा कार्यक्रमलाई प्रभावकारी बनाउन श्रव्य दृश्य सामग्रीहरुको महत्वपूर्ण भूमिका हुने हुँदा यस प्रकारको कार्याशाला गोष्ठीले धेरै टेवा पुग्ने विश्वास व्यक्त गरे । 

गोष्ठीमा स्वास्थ्य वीमा बोर्ड र विकाश साझेदार संस्थाका समेत गरी २५ जनाको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *