सानेपामा तीन जिप र एक मोटरसाइकल ठोकिन्दा दुईको मृत्यु

 

जेठ १९, काठमाडौँ । ललितपुरको सानेपामा भयानक दुर्घटना हुँदा एकको घटनास्थलमा नै मृत्यु भएको छ भने एककाे अस्पताल लैजाने क्रममा मृत्यु भएको छ । 

उक्त दुर्घटनाामा परि गम्भिर घाइते भएको उनको नर्भिक अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।   

null

सानेपामा । तीनवटा जिप र एक मोटरसाइकल एक आपसमा ठोक्किँदा उक्त दुर्घटना हुन पुगेको प्रहरीले जनाएकाे छ । 

प्रत्यक्षदर्शीले बताए अनुसार सुरुमा दुईवटा जिप ठोक्किँएको र त्यसपछि जिप अनियन्त्रित भएर थप एक जिप र मोटरसाइकलमा ठोकिन पुगेको हो । 

 उक्त दुर्घटनामा पर्ने व्यक्तिहरुको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन् । 

 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *