शिक्षक शिक्षण कमजोरीका कारण नतिजा सन्तोषजनक आएनः अध्यक्ष भण्डारी

 

असार १३ काठमाडौं । सरोकारवालाहरुले एसईईको ग्रेडिङ प्रणाली त्यति सन्तोषजनक नभएको टिप्पणी गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । 

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले विगतमा ग्रेडिङ नहुँदा विद्यार्थीहरुले आत्महत्या गर्ने गरेको भएपनि अहिले ग्रेडिङले त्यस्तो अवस्था नरहेको भन्दै यसलाई सुखद पक्षको रुपमा लिए । 

null

त्यस्तै, उनले कम ग्रेड ल्याउने विद्यार्थीहरु अन्ततः रोजगारीको लागि खाडी मुलुक जाने स्पष्ट पारे । शिक्षक शिक्षणको कमजोरीका कारण नतिजा सन्तोषजनक नआएको उनको आरोप छ । 

उनले भने,‘अहिलेको शिक्षा पद्धतीनै गलत छ । यसलाई सच्याउनुपर्छ ।’ उनले व्यवहारिक शिक्षा प्रणालीलाई लागु गर्नुपर्नेमा जोड दिए । भण्डारीले कक्षा दशमा लिईने टेष्ट परीक्षालाई खारेज गर्नुपर्ने आवश्यकत्ता औंल्याए । मुलुक संघीय प्रणालीमा गैसकेको भएपनि अझैसम्मपनि शिक्षा क्षेत्रले उक्त प्रणालीअनुसार आफ्नो संरचना बनाउन नसकेको उनको गुनासो थियो । 

 

त्यसैगरी  उच्च माध्यमिक विद्यालय संघ हिसानका महासचिव तथा जेभियर इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले आफूहरुले अनुमान गरेझैं एसईईको नतिजा आएको सुनाए । 

उनले भने,‘यो नतिजालाई लिएर आश्चर्य मान्नुपर्ने छैन ।’ क्लबमा सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले ग्रेडले नतिजामा कुनै फरक नपारेको सुनाए । उनले ग्रेडिङले पास र फेलको अवधारणालाई नै आत्मसात गरेको सुनाए । सामूदायिक विद्यालयको स्तरोन्नती गर्नुपर्नेतर्फ उनले सरकारको ध्यानाकार्षण गराए ।  

उनले भने,‘परीक्षाको बेलामा मात्रै ध्यान दिएर हुँदैन, अब परीक्षा अघि र पछिको व्यवस्थापकीय कुरामा पनि सामूदायिक विद्यालयहरुले विशेष ध्यान दिनुपर्छ ।’  

नेपालमा पाठ्यक्रम विकास गर्दा पर्याप्त छलफल तथा परामर्श नै नभएको पनि भण्डारीको गुनासो छ । सामूदायिक विद्यालयतर्फबाट राम्रो नतिजा ल्याउने विद्यार्थीको पृष्ठभुमि निजी विद्यालयमा अध्ययन गर्नुनै मुख्य रहेको पनि उनले दाबी गरे । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *