डिएसपी आचार्यको तारगेट पदमपुर: सहकार्य गरेर काम गर्ने प्रतिवद्धता

 

जेठ १७,चितवन । चितवनको पमदपुर घटना दुर्घटना वढि हुने स्थानको रुपमा चिनिन्छ । 

लागु पदार्थ दु दुर्व्यसनी र चोरीका मोटरसाईकल यस क्षेत्रमा व्याप्त रहेकाले आपराधिक क्रियाकलाप अन्य ठाँउको तुलनामा पदमपुरमा वढि भईरहेको प्रहरीको दावी छ । 

null

इलाका प्रहरी कार्यालय टाँडीमा हालै सरुवा भई आएका प्रहरी नायव उपरिक्षक (डिएसपी) सन्तोष आचार्यले पदमपुरमा आपराधिक क्रियाकलाप अन्य ठाउँको तुलनामा वढी पाईएकाले आफ्नो ध्यान त्यस तर्फ रहने वताए । 

 

शुक्रवार पूर्वी चितवनका पत्रकारहरुसँग आयोजित परिचयात्मक तथा अर्न्तक्रिया कार्यक्रममा डिएसपी आचार्यले ड्रग्स,चोरीका मोटरसाईकलका कारण पदमपुरमा आपराधिक घटना भईरहेको वताए । अन्य क्षेत्रको हिसावमा पदमपुरमा विभिन्न किसिमका घटना दुर्घटना वढी पाईएको छ डिएसपी आचार्यले भने – आपराधिक क्रियाकलाप रोक्न पदमपुरलाई प्राथमिकता दिनेछु । 

पदमपुरमा केही दिन अघि मात्रै कुमार सिंह श्रेष्ठको आफ्नै कोठामा रहस्यमय तरिकाले मृत्यु भएको थियो । शुक्रवार मात्रै पदमपुर हाईस्कुल रोडको एक पसलबाट करिव १ लाख रुपैया चोरी भएको छ । इलाका प्रहरी कार्यालय टाँडीमा दर्ता हुने मुद्या मध्य करिव आधा मुद्या पदमपुर क्षेत्रकै हुने गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीको राजमार्गको सेवा क्षेत्र सानो भएपनि अत्याधिक दुर्घटना हुने गरेकाले दुर्घटना न्युनिकरणका लागि सचेतनामुलक कार्यक्रम गरिने उनले वताए । 

दरवन्दी अनुसार प्रहरी नहुँदा सुरक्षामा चुनौती भएपनि जयन्य किसिमको आपराधिक क्रियाकलाप हुन नदिएको डिएसपी आचार्यको दावी छ । डिएसपी आचार्यले टाँडीको कार्यभार सम्हालेको १५ दिन भयो । 

नवनियुक्त डिएसपी आचार्यले सुरक्षा नितिलाई टेवा पुग्ने गरि स्थानीय तह,नागरीक समाजसंग सहकार्य गरी कार्ययोजना वनाएर काम गर्ने समेत वताए । इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक युवराज तिमल्सीनाले प्रहरी र समुदायबीच सहकार्य भए आपराधिक क्रियाकलाप न्युनिकरण हुने वताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *