खैरहनीमा यामाहा एफजी भी ३ सार्वजनिक

 

जेठ २२, चितवन । यामाहा मोटरसाईकलको आधिकारीक विक्रेता कालिका मोटरसाईकल पार्टसले यामाहाको नयाँ भर्जनको मोटरसाईकल बुधवार सार्वजनिक गरेको छ । 

कालिका मोटरसाईकल पार्टस परिसरमा आयोजित रोड सो कार्यक्रमकाबीच यामाहा एफजीएस एफआई भी ३ सार्वजनिक गरिएको हो । उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्रप्रसाद सापकोटा र कालिका मोटरसाईकल पार्टसका प्रवन्ध निर्देशक उत्तम अधिकारीले सार्वजनिक गरे । 

null

सो बाईकको वजार मुल्य ३ लाख ९ हजार ९९९ रुपैंया छ । जसमा डिजिटल प्रविधिमार्फत इन्धन आपुर्तिलाई नियन्त्रण गर्ने इन्जेक्टर हुन्छन् जसले कम्बुसन च्याम्बरमा हावा र इन्धनको मात्रालाई निश्चित बनाइदिन्छ । 

१५० सीसीको यो बाइक ‘थर्ड जेनेरेसन’को हो । यसमा भी २ कै इन्जिन रहेको र यामाहाले आफैं बनाएको ब्लुकोर टेक्नोलोजी रहेको कालिका मोटरसाईकल पार्टसका प्रवन्ध निर्देशक अधिकारीले वताए । 

एफजीएस–एफआई भी ३.० अत्याधुनिक ‘एफआई’ (फ्युल इन्जेक्सन) प्रविधि र ‘एबीएस’ (एन्टिलक ब्रेकिङ सिस्टम) दुवै भएको १५० सीसी सेग्मेन्टकै पहिलो मोटरसाइकल हो । यो मोटरसाइकल ‘राइड विथ् रोडिज्’अन्तगर्त उपल्लो मुस्ताङ, लोमान्थाङमा समेत पुगेर आइसकेको छ । 

कार्यक्रममा राइड विथ् रोडिज्का सहभागीले आफ्नो अनुभव समेत बताएका थिए । नेपालको लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले रोड सो कार्यक्रम गर्दै नयाँ भी ३ को सार्वजनिक गरिरहेको छ । 

आइतबार पोखराबाट सुरु गरिएको रोड सोमा चर्चित गायक अल्मोडा राना उप्रेती र धर्मेन्द्र सेवानको सांगितिक प्रस्तुती समेत रहेको थियो । रोड सोमा अल्मोडाले ‘पानी प¥यो’, ‘माया माया’, ‘दिलको भित्तामा’ र ‘यति यति पानी’ बोलका गीत गाएर दर्शकस्रोतालाई नचाएका थिए । 

त्यसैगरी, धर्मेन्द्र सेवानले ‘हेर्दा राम्रो’, ‘दिलै जलायौ’, ‘रेशम फिरिरि’ बोलको प्रस्तुती दिएका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *