छानविनकाे माग गर्दै कुलमानमाथि खनिए सांसद

 

जेठ २१, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेतले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अख्तियारले छानविन गर्नुपर्ने माग गरेका छन् । 

प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद बस्नेतले विद्युत् प्राधिकरणको ९ अर्ब बक्यौताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लेखा समितिले छानबिन गर्नुपर्ने माग गरेका हुन् । बस्नेतले बक्यौता र भारतबाट खरिद गरिएको विद्युत् उपभोगबारे छानबिन गर्न माग गरेका हुन्। 

null

सांसद बस्नेतले भने, ‘माननीय अमनलाल मोदीले सार्वजनिक लेखा समिति बैठकमा विद्युत प्राधिकरणको ९ अर्बभन्दा बढी बक्यौता उठ्न बाँकी रकमबारे कुरा उठाउनुभयो।भारतबाट खरिद गरिएको पथलैया ट्रान्समिसन लाइनबाट २ सय २५ मेगावाट विद्युत प्रयोग गरे पनि नगरे पनि प्रतियुनिट १० रुपैयाँ ६८ पैसा तिर्नुपरेको छ।’उनले कुलमानमाथि प्रश्न उठाएपछि मिडियाले अमनलाललाई तल्लो स्तरमा आर्लेर गाली गरेको भन्दै उनले यसमा उचित छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् । 

यही जेठ ७ गते बसेको संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा कार्यकारी निर्देशक कुलमान र सांसद अमनलालबीच चर्काचर्की परेको थियो । 

कुलमान घिसिङले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी समेत दिएका थिए । 

बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा टंक लाईन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएका थिए । सोही आरोपको खण्डन गर्दै कुलमानले ‘सांसद भन्दैमा जथाभावी आरोप लगाउन पाइँदैन । भ्रष्टाचार गरेको ठहरिए झुण्डिएर मर्न तयार छु’ भन्दै आक्रोश पोखेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *