कमर्सियल बैंकद्वारा प्राप्ति (एक्विजिसन) गर्ने सम्वन्धी सहमती

 

जेठ २६, काठमाडौँ । कमर्सियल बैंक लिमिटेडले “ग” वर्गको वित्तीय संस्था ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति –(एक्विजिसन) गर्ने सम्वन्धी सहमतीपत्रमा हस्ताक्षर गरेको छ । 

कमलपोखरी काठमाडौं स्थित केन्द्रीय कार्यालय रहेको प्राइम कमर्सियल बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं.५, लगनखेल स्थित केन्द्रीय कार्यालय रहेको “ग” वर्गको वित्तीय संस्था ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति –(एक्विजिसन) गर्ने सम्वन्धी सहमतिपत्रमा आज एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर हो । 

null

सो सहमतिपत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष  उदयमोहन श्रेष्ठ र ललितपुर फाइनान्स लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष दिपक महर्जनले हस्ताक्षर गरे । 

कन्काई विकास बैंक तथा ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ९२ हुनेछ ।  श्री नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको मार्ग निर्देशन बमोजिम एक्विजिसन कार्यलाई यथासम्भव छिटो सम्पन्न गर्ने सहमति भएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *