धादिङमा जिप दुर्घटना हुँदा चारको मृत्यु १० घाइते

 

असार ६, धादिङ । धादिङमा जिप दुर्घटना हुँदा घटनास्थलमै ४ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाईते भएका छन् । 

कार्कीगाउँबाट तरकारी लिएर वैरेनीतर्फ आउँदै गरेको बोलेरो जिप गल्छी गाउँपालिका वडा नं ६ बाँझगाउँमा दुर्घटना हुँदा ४ जनाको मृत्यु हुनुको साथै १० जना घाइते भएको हो । 

null

बा १८ च ९४०८ नम्बरको जीप अनियन्त्रित भएर पल्टिए सडकबाट २० मिटर तल खस्दा उक्त दुर्घटना हुन पुगेको प्रहरीले जानकारी गराएका छन् । 

दुर्घटनामा घाइते भएका १० जनाको धादिङको गल्छी, धार्केका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरुलाई भने काठमाडौं लगिएकाे प्रहरी निरीक्षक हेमराज घिमिरेले बताएका छन् । । 

हाल मृतकहरुको सनाखत हुन बाँकी रहेको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *