एकैदिन ४ विद्यालयलाई नव निर्मित भवन हस्तान्तरण, विद्यार्थी फुरुंग

 

जेठ ३२, काठमाडौं । काठमाडौँ जिल्लामा भूकम्प प्रभावित ५० प्रतिशत बढी विद्यालयहरुको पुनर्निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ । शुक्रवार एकैदिन ४ वटा विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । 

काठमाडौंमा भूकम्पका कारण २४१ विद्यालयमा क्षति पुगेको थियो । ६४ बनिसकेका छन् । ६८ वटा निर्माण सम्पन्न हुने तरखरमा छन् । इकाइका इञ्जिनियर सागर पौडेलका अनुसार ५० प्रतिशत विद्यालयको पुनर्निर्माण सकिएको र आगामी माघ महिना सम्ममा थप ३० प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न हुनेछन् । 

null

 

अब जिल्लामा ६१ विद्यालयका भवन बनाउनुपर्ने देखिन्छ जसमा २९ वटा विद्यालय जग्गा नहुँदा निर्माण कार्य हुन सकेको छैन । ति विद्यालयहरुलाई मर्ज गर्ने कि के गर्ने भन्नेमा छलफल चलिरहेको र बाँकी ३१ वटा चाँही १८ महिना भित्र बनाइसक्ने इकाइका इञ्जिनियर पौडेलले जानकारी दिए । 

शुक्रवार एकैदिन ४ विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरिएको थियो । दक्षिणकाली गरपालिकाका ३ र गोकर्णेश्वर नगरपालिकाको १ विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरिएको हो ।  

दक्षिणकाली नगरपालिका वडानम्बर– ३ को सेतीदेवि मावि, गणेश आधारभूत विद्यालय र वडानम्बर ४ को फर्पिङ मावि साथै गोकर्णेश्वर नगरपालिकाको चामुण्डा माविलाई नयाँ भवन हस्तान्तरण गरिएको थियो । 

दक्षिणकाली नगरपालिकाका नवनिर्मित विद्यालय भवन हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख मोहन बस्नेतले इकाइले बनाइदिएको भवनमा विद्यार्थी र गुणस्तर बढाउने जिम्मा नगरले लिने बताए । नगरका १९ वटा विद्यालय मध्ये कसैको पनि जग्गा नभएपनि नगरले स्थानीयको सहयोगमा व्यवस्थापन गरिदिएपछि १३ विद्यालयको पुनर्निमार्ण सम्पन्न भइसकेको जानकारी दिए । 

उनले भने ‘इकाइले भवन बनाउँदै जावस् त्यसमा टन्न विद्यालय भर्ने काम नगरले गर्छ’ ।  ‘अब नगरभित्रका सबै माध्यमिक विद्यालयमा सिसिटिभि र विधुतीय हाजिरीको व्यवस्था नगरले गर्छ ।’ विद्यालयमा गुणस्तर सुनिश्चितताका लागि नयाँ योजना ल्याइने स्पष्ट पार्दै नगरप्रमुख बस्नेतले यस्तो सुविधा सम्पन्न विद्यालय छाडेर अन्त नजान स्थानीयवासीसँग आग्रह समेत गरे । 

 

विद्यालयको गतिविधि अब नगरपालिकाबाट र अभिभावकले घरबाट नियाल्ने कामको तयारी भइरहेको भन्दै बस्नेतले इकाइले विद्यालयहरुमा शौचालय र खानेपानीको पनि व्यवस्था गरिदिने भएकोमा खुसी व्यक्त गरे । यस वर्ष नगरले विद्यालय खाजाको कार्यक्रम समेत बढाएको उनको भनाइ थियो । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा)का आयोजना निर्देशक इमनारायण श्रेष्ठले आफूहरुले बनाइदिएको भवनमा विद्यार्थी र गुणस्तर बढाउने साथै मर्मत सम्भार गर्ने काम नगर र स्थानीयले गर्नुपर्ने बताए । यि भवनहरुको सदुपयोग गर्ने चुनौती स्थानीय र नगरको भएको स्पष्ट पार्दै श्रेष्ठले भने– ‘यि भवनमा विद्यार्थी भराउनुस् नपुगे थप भवन बनाइ दिन्छौं ।’ 

 

भूकम्पले विद्यालयको भवन मात्रै नभइ अभिभावक, विद्यार्थी र शिक्षकको मन, खुसी र आत्मविश्वास पनि भत्काएको भन्दै आयोजना निर्देशक श्रेष्ठले पुनर्निर्माणले उनीहरुको मन, खुसी र आत्मविश्वासको पनि पुनर्निर्माण गराइदिएको स्पष्ट पारे । भूकम्पले झण्डै ८ हजार विद्यालय भवनमा क्षति पु¥याएकाले एकैचोटी निर्माण कार्यगर्न गाह्रो हुने भएकाले इकाइले विभिन्न मोडलमा पुनर्निर्माणको काम अगाडि बढाइरहेको श्रेष्ठले जानकारी दिए । 

यस वर्षदेखि इकाइले भवनसँगै शौचालय र खानेपानी समेत निर्माण गरिदिन शुरु गरेको श्रेष्ठले स्पष्ट पारे ।  जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) काठमाडौंका प्रमुख अर्जुन रायमाझीले इकाइले बनाइदिएको भवनमा विद्यार्थी संख्या बढाइ गुणस्तरीय शिक्षण सिकाइ गर्न आग्रह गरे । विद्यालय भवन निर्माण गर्दा आफुहरुले सिकाइसँगै सुरक्षालाई पनि ध्यान दिएको भन्दै रायमाझीले सबैलाई सामुदायिक विद्यालयमै बच्चा पढाउन आग्रह गरे । 

दक्षिणकाली नगरपालिका वडानम्बर ३ का कार्यवहाक वडाध्यक्ष लक्ष्मी भण्डारीले जिल्ला कार्यान्वयन इकाइलाई भवनसँगै अन्य भौतिक पुर्वाधारमा पनि सहयोग गर्न आग्रह गरिन् । गणेश आधारभूत विद्यालयका प्रअ हरिशचन्द्र श्रेष्ठले नयाँ भवन पाएपछि अबको ध्यान गुणस्तरीय सिकाइमा केन्द्रित गरिने बताए । यस सुविधा सम्पन्न विद्यालयलाई छाडेर अन्त नजानसमेत उनले अभिभावकहरुसँग आग्रह गरे । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *