सम्बन्धविच्छेदको मुद्दा चलिरहेका बेला श्रीमानले ८ अर्ब बढीको चिट्ठा जितेपछी

 

असार ९ अमेरिका ।  अमेरिकाको मिशिगनमा बस्ने रिचार्ड डिक जेलास्को त्यतिबेला अत्यधिक खुसी भए जब उनले ८० मिलियन डलर (८ अर्ब ८४ करोड रुपैयाँ) को चिट्ठा जिते । 

तर अब अदालतले उक्त राशीको आधा हिस्सा उनले श्रीमतीलाई पनि दिनुपर्ने निर्देशन दिएको छ । चिट्ठा पर्ने बेला दम्पत्तीको सम्बन्धविच्छेदको मुद्दा चलिरहेको थियो । 

null

यो निर्णयविरुद्ध रिचार्डका वकिलले ‘रिभ्यु पिटिशन’ दर्ता गरेका छन् । यसमा चिट्ठा पर्नु रिचको भाग्य बताउँदै यो श्रीमतीसँग बाँड्नु पर्ने निर्णय पूर्ण रुपमा गलत हो भन्ने तर्क दिइएको छ । वकिलले यदि अदालतले आफ्नो निर्णय परिवर्तन गरेन भने आफूहरु सर्वोच्च अदालतको ढोका समेत ढक्ढकाउने बताएका छन् । 

रिचार्डको विवाह सन् २००४ मा मेरी बेथ जेलास्कोसँग भएको थियो । दम्पत्तीका तीन सन्तान छन् । सन् २०१३ मा जब रिचर्डलाई चिट्ठा पर्यो तब उनीहरुको सम्बन्धविच्छेदको मुद्दा चलिरहेको थियो । त्यतिबेला अदालतको आदेशमा यी दुई विगत दुई वर्षदेखि अलग बसिरहेका थिए । 

मध्यस्तकर्ता जोन मिल्सले चिट्ठाको उक्त रकम रिचले श्रीमतीलाई पनि दिनुपर्ने बताएपछि रिचका वकिलले भने, ‘रिच भाग्यमानी थिए, यो उनको भाग्य थियो, मेरीको होइन ।’ 

तर जोन मिल्सले उक्त टिकट वैवाहिक सम्पत्ति भएको बताए । यो जोडीले मिल्सले सम्बन्धविच्छेदको प्रक्रियामा केही निर्णय गर्नसक्ने सहमती गरेका थिए । 

सन् २०११ मा सम्बन्धविच्छेदको निवेदन दिएका यो जोडीको सन् २०१८ मा मात्रै अन्तिम निर्णय भएको एपीले बताएको छ । कोर्टमा पेश गरिएको दस्तावेज अनुसार विभिन्न कटौती पछि चिट्ठाको रकम ४ अर्ब २९ करोड रुपैयाँ हुनेछ । एजेन्सी 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *