चट्याङले लागेर तीन जना बालकको मृत्यु, एक गम्भीर घाइते

दाङ, ११ असार । दाङको राप्ती गाउँपालिकामा चट्याङले लागेर तीन जना बालकको मृत्यु भएको छ । भने, एक जना गम्भीर घाइते भएका छन् । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाटका १२ वर्षीय साजन चौधरी, १३ वर्षीय विवेक चौधरी र १० वर्षीय रमित चौधरीको चट्याङ लागेर मृत्यु भएको हो । 

 

त्यस्तै, त्यसै ठाउँका अविनाश चौधरी गम्भीर घाइते भएका छन् । मंगलबार बेलुकी स्कुलको छेउमा खेलिरहेको बेला चट्याङले लागेको हो । शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । लमही अस्पतालमा घाइतेको उपचार भैरहेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =