यो वर्ष पनि एसईईको नतिजा सामुदायिक विद्यालयको उस्तै कमजोर

 

असार १२, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालको एसईई को परीक्षाफल सार्वजनिक गरे लगतै यस बर्ष पनि सामुदायिक विद्यालय को नतिजा कमजोर आएको छ । 

राज्यको ठूलो लगानी रहेको सामुदायिक विद्यालय भन्दा राम्रो ग्रेड ल्याउने अधिकांश विद्यार्थी निजी विद्यालय रहेका छन् । 

null

२०७५ चैत १० गतेदेखि सञ्चालन भएको एसईई परीक्षाको नतिजा केही समय अगाडी मात्र पत्रकार सम्मेलन गरेर परीक्षाफल सार्वजनिक गरेको हो । 

यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए भने जस मध्ये एक लाख ३३ हजार नौ सय ४५ निजी र तीन लाख २५ हजार तीन सय ३० सामुदायिक विद्यालयका रहेका थिए । 

ए प्लस अर्थात् विशिष्ट श्रेणीमा उत्तीर्ण भएका १७ हजार पाँच सय ८० विद्यार्थीमध्ये सामुदायिक विद्यालयबाट दुई हजार सात सय ९७ जना मात्र रहेका छन्। त्यस्तै ८० देखि ८९ प्रतिशत पाउने विद्यार्थीले ए (उत्कृष्ट) नतिजा ल्याउने मध्ये ५१ हजार तीन सय ३७ जना विद्यार्थीमध्ये सामुदायिक विद्यालयका ११ हजार दुई सय २३ मात्र रहेका छन्। 

त्यस्तै बी प्लस ल्याउने ६३ हजार सात सय ४१ जनामध्ये २६ हजार तीन सय ६६ सामुदायिक विद्यालयबाट परेका छन्। बी ल्याउने ७६ हजार पाँच सय ६४ मध्ये ५३ हजार सात सय ३० जना सामुदायिक विद्यालयबाट परेका छन्। 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *