महालक्ष्मी विकास बैंककाे थप शाखा कावासोतीमा

 

जेठ ३०, काठमाडौँ । महालक्ष्मी विकास बैंक लि. ले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा नवलपुर जिल्ला, कावासोती नगरपालिका वडा नं ८, स्थित कावासोती शाखा कार्यालयको बिहिबार औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । 

उक्त शाखाको समुद्घाटन प्रमुख अतिथि कावासोती नगरपालिकाका नगर प्रमुख चन्द्रकुमारी पुनले दीप प्रज्वलनका साथ गरे । कार्यक्रमकै क्रममा बैँकका नायब प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन बैंक अपरिहार्य भएको बताए र महालक्ष्मी विकास बैंक लि.ले ग्राहक हितलाई मध्यनजर गर्दै वचत परिचालन योजना कार्यन्वयन अन्तर्गत उत्पादन मूलक क्षेत्रमा लगानी गर्दै आइरहेको जानकारी दिए ।  

null

यसका अतिरिक्त बैंकले शाखा खोलिएका क्षेत्रमा सामाजिक हितका कार्यहरु पनि निरन्तर रुपमा गर्दै आइरहेको र आगामी दिनमा अझ प्रभावकारी कार्यहरु गर्ने प्रतिबद्धता जनाए  । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *