आँधीहुरीका कारण घर भत्कन्दा ५ घाइते
मकालु खबर
२०७६ जेठ २८ गते
जेठ २७, बीरगन्ज । आइतबार बेलुका बीरगन्जमा आँधीहुरी आएर घर भत्कन्दा ५ जना घाइते भएका छन् ।
आइतबार बेलुका आँधीहुरी आएर वीरगञ्ज महानगरपालिका वडा नं–७ मा निर्माणाधिन घर भकिन्दा त्यसमा च्यापिएर ३ जना घाइते भएका छन् भने वीरगञ्ज महानगरपालिका १६ ईनर्वा टोलमा पनि आँधीहुरीका कारण एक घर भकिन्दा थप २ जा घाइते भएका छन् ।
null
घाइते हुनेमा १५ वर्षीय सुनिल पटेल, १८ वर्षका दिपेन्द्र पटेल, १६ वर्षका ओमप्रकाश शाह, ३८ वर्षकी शायदा खातुन र छोरी १४ वर्षीया गुल्सन खातुन रहेका छन् ।घाइते सबैको उपचार नारायणी अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७६ जेठ २८ गते
प्रतिक्रिया
सम्बन्धित