पौडेल गोलीकाण्डबारे गृहसँग छलफल गर्ने दोषी ठहर भए कारवाही गर्ने 

 

असार ८, काठमाडौं ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका कार्यकर्ताबीच गोली हानाहान हुँदा मारिएका सर्लाहीमा कुमार पौडेलको घटनाको सम्बन्धमा गृहमन्त्रालयसँग छलफल गर्ने भएको छ । 

संसदको राज्यव्यवस्था समितिले सर्लाहीमा कुमार पौडेल मारिएको घटनाको सम्बन्धमा गृहमन्त्रालयसँग छलफल गर्ने भएको हो । समिति सभापति शशी श्रेष्ठले यस विषयमा सोमबार गृह मन्त्रालयका अधिकारीसँग छलफल गर्ने जानकारी दिइन् । 

null

त्यसअघि बैठकमा पूर्वगृहमन्त्रीसमेत रहेका नेकपा सांसद् जनार्दन शर्माले पौडेलको मृत्यु गम्भीर प्रकृतिको भएको भन्दै सम्बन्धित निकायसँग छलफल गर्न र सत्य–तथ्य पत्ता लगाउन माग गरेका थिए । 

 सांसद शर्माले विप्लव समूहका नेता पौडेललाई निर्रमता र क्रुरतापूर्वक मारिएको जानकारी आफूले जनस्तरबाट पाएको भन्दै त्यसको सत्यतथ्य पत्ता लगाउनुपर्ने बताएका थिए । 

‘संविधान र कानुनभित्र कारवाही गर्न उचित हुन्छ त्यसमा हाम्रो केही आपत्ति छैन । तर, निर्मम ढंगले मारिएको भन्ने सूचनाहरु जनस्तरबाट बुझेको हुनाले यो मलाई त पञ्चायती बर्बरताको जस्तो कुरा लाग्यो । सत्य के हो, त्यो चाहियो, सत्य यो हो भनेर भन्नुपर्यो जनतालाई ।’ 

यदि हामीले त्यसलाई सच्याउन सकेनौं, कारबाही गर्न सकेनौं भने, त्यसले राम्रो दिशातिर लैजाँदैन ।’ सत्य तत्य पत्ता लागाई कानुनी राज्यको उपहास गराउन हामी लाग्ने छौ । दोषी ठहर भए कारवाही हुन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *