१ लाखको अपांगता सहायता कोष घोषणा

 

असार ८, काठमाडौँ । शिवपुरी मिडिया नेटवर्क, सगरमाथा पोष्ट डटकम र अग्निवाण पाक्षिक पत्रिकाले आफ्नो क्रमशः १२औँ, छैठौँ र तेस्रो वार्षिकोत्सव मनाएको छ । 

राजधानीको भृकुटीमण्डप स्थित नेपाल पुलिस क्लबमा एक कार्यक्रमको आयोजना गरी शिवपुरी मिडिया नेटवर्कको १२औंं, सगरमाथा पोष्ट डटकमको छैठौं र अग्निवाणको तेस्रो वार्षिकोत्सव मनाइएको हो । 

null

बार्षिकोत्सबको अवसरमा अध्यक्ष रबिन प्रसाद थपलियाले १ लाख राशिको शिवपुरी मिडिया अपांगता सहायता कोषको घोषणा गरे । केहि समय अगाडी नुवाकोटको शिवपुरी ८ थानापति मन्दीरमा आयोजना गरिएको कार्यक्रमबाट बचत भएको केहि रकममा शिवपुरी मिडियाको तर्फबाट थप गरि रु १ लाखको अक्षय कोष स्थापना गरिएको अध्यक्ष थपलियाले जानकारी दिए । 

 

कार्यक्रमका प्रमुख अथिति स्वामी आनन्द अरुणले भने ‘मिडिया क्षेत्र देशको चौथो अंग हो। यस क्षेत्रमा लागेका पत्रकाहरूले देशको संस्कृतिका बारेमा लेख्नुपर्छ। संस्कार, संस्कृति र सम्पदा हाम्रा पहिचान हुन् । हाम्रो पहिचान जोगाउनु हाम्रै कर्तव्य हो ।’  

स्वामी अरुणले गरिबीको अन्त्य नभएसम्म देश समृद्धी बन्न नसक्ने दाबी गर्दै भने ‘हामी सबै मिलेर काम गर्ने हो भने यो सब समाधान हुन्छ । महाभारतमा भनिए झैँ ‘इमान्दार मानिस इश्वरको सर्वोउत्कृष्ट कृति हो’ त्यसैले गल्ति गर्ने मानिसको यस धर्तिमा कुनै सम्मान हुँदैन। राम्रो काम गर्ने प्रयास गरौं, यसैमा सबैको भलो हुनेछ।’ 

यस बार्षिकोत्सबको उक्त अवसरमा बोधिसत्व स्वामी अरुण आनन्दले कारोवार दैनिकका पत्रकार गजेन्द्र बुढाथोकी, राष्ट्रपति उत्कुष्ट किसानबाट सम्मानीत भएका भएका नुवाकोटका किसानका अगुवा तथा समाजसेवी रामप्रसाद पुडासैनी, तारकेश्वर नगरपालिका वडा नं. ९ का अध्यक्ष बलराम सिटौला, कान्तिपुर टेलिभिजनका पत्रकार विकास थपलिया, रिपोर्टस क्लबका फोटो पत्रकार मुकुन्द कालिकोटे, साकुरा नेपाल कन्सलटेन्सीका सञ्चालक, समाजसेवी लायन अनुज कुमार श्रेष्ठ, फ्लाइटेक इन्टरनेश्नलका एमडि नाजिर हुसैन, डिटीएमका संयोजक माधव प्रकाश सुवेदी,पत्रकार राजु भट्ट, समाजसेवी गोपीनी खडका तथा बलराम खड्का, र चन्द्रिका आचार्य,लगायतलाई सम्मान गरिएको थियो । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *