यसरी चल्दै छ सशस्त्र प्रहरीमा राज ! प्रचण्डका ज्वाँईलाई किन गरियो यति विध्न सम्मान ?

 

छायाचन्द्र भण्डारी,काठमाडौं । तस्विरमा हाइलाईट गरिएको ब्यक्तिलाई सशस्त्र प्रहरी वलको विशेष कार्यक्रममा किन गरियो यति विध्न सम्मान ? सरोकारवालाहरुले टिप्पणी गरेका छन् । 

यसरी सम्मान स्वरुप मञ्चकाे अग्रपङ्तिमा राखिएका ब्यक्ति अरु कोही नभएर सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल अर्थात प्रचण्डका ‘ज्वाई’ जिवन आचार्य हुन् । केवल सशस्त्र प्रहरी महानिरिक्षक (आइजीपी) शैलेन्द्र खनालको साथी भएकै भरमा राज्यको महत्वपुर्ण कार्यक्रममा अन्य विशिष्ठलाई पाखा लगाउदै उनलाई मञ्चकाे प्रथम दिर्घामा राख्न मिल्छ ? 

null

उनी न कुनै उच्च तहका कर्मचारी हुन,न त सुरक्षा सम्बन्धी विश्लेषक । उनलाई सशस्त्र प्रहरीले ठुलो सान मान र सम्मान दिने गरेको छ । हुन त उनी सत्ताधारी दल नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ‘ज्वाँई’ हुन् । 

अर्थात उनलाई चिन्ने एउटै मान हो प्रचण्डका ‘ज्वाँई’ । यसरी राष्ट्रिय स्तरको कार्यक्रममा एकाएक सम्मान स्वरुप ‘ज्वाँई’ राखिएको विषयलाई लिएर तालुकदार मन्त्रालय गृहमा समेत खैलाबैला मच्चिएको छ । 

त्यसो त प्रचण्डका ‘ज्वाँई’ आचार्यले कतिपय उच्च अधिकारीको बढुवामा समेत आफ्नो ससुरा प्रचण्डको ‘रवाफ’ समेत देखाउने गरेका छन् । उनी प्राय: आइजिपी खनालको निवासदेखि सशस्त्र प्रहरी सचिवालयमा घेरा हालेर बसिराखेका हुन्छन् । 

मानौं,उनी उक्त कार्यक्रमको उच्चस्तरिय अतिथि हुन् । उक्त विशेष समारोहमा गृहमन्त्री रामबहादुर थापा ,गृह सचिव प्रेम कुमार राई लगायतका गन्यमान्य सरह उनी अतिथिहरुको पहिलो कित्तामा किन राखियो ? 

सशस्त्र प्रहरीका जवानदेखि उच्च अधिकारीहरुको समेत साख: गिरेको छ । अन्य सुरक्षा संगठनका उच्च अधिकारी लगायतका गन्यमान्यहरु पछिल्लो कित्तामा रहेका छन् । उनलाई उच्च आसन ग्रहण गराउने जिम्मा सशस्त्र प्रहरी महानिरिक्षक (आइजीपी) शैलेन्द्र खनाललाई कस्ले दियो ? सुरक्षासँग सरोकार राख्नेहरुले खुलेरै बहस गर्न थालेका छन् । 

चाकरीको पनि हद हुन्छ । राज्यको कुनै तह र तप्कामा कुनै पदीय मर्यादा नभएका व्यक्तिलाई चाकडी र चाप्लुसीकै लागि यसो गर्नु संगठन उच्च सम्मानमा आँच आउनु हो,सुरक्षा विश्लेषक भन्छन् । 

हुन त सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनालको विगत पनि उत्तिकै विवादित छ । तत्कालिन आईजिपी दुर्जकुमार राईको समयमा डिआईजी रहेका खनालले खुलेरै सशस्त्रका एकाउन्टेनसँग रकमको मोलमोलाई गर्ने गरेको पिडित सशस्त्रका एकाउन्टेनहरुले बताएका छन् । 

उनका अनैतिक धन्दा बिरुद्ध सार्वजनिक खरिद ऐन विपरित काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फाइल अध्ययन थालेको दाबी गरेको छ । उनको विगत पनि उस्तै डर लाग्लो छ । 

अख्तियार प्रमुख आयुक्त नवीन घिमिरेले उक्त प्रकरणबारे विशेष अनुसन्धान थालेको स्रोतले दाबी गर्दै भने,‘प्रशासनिक लगायतका विषयमा पनि अति गोप्य अनुसन्धान थालिएको हो ।’ उनीसँगै अन्य उच्च तहका कर्मचारीहरु को पनि गोप्य अनुसन्धान अघि बढेको हो । 

सशस्त्र प्रहरीका लागि चुस्ता, टब बुट, बुट, कन्सन्टिना, उलन र कटन कपडा, हिमाली ज्याकेट, हिमाली बुट, स्लिपिङ व्याग, रुक्स्यान ब्याग, ब्यारेट क्याप झुल, रासन ,पानी लगायतको खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले छानबिनका लागि फाइल उठाएको दाबी गरिएको हो । 

यसै बिच खनालको लुटलाई लिएर सत्ताधारी बिच पनि विमती देखिएको छ । आइजीपी खनालको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारसँग गहिरो सम्बन्ध रहेको छ । 

उनका पारिवारिक सदस्यसँगको सम्बन्धका आधारमा नै उनले प्रशासन यन्त्रलाई चलाएको पनि दाबी गरिएको छ । उता प्रधानमन्त्री केपी ओली भने उनीसँग रुष्ट रहेका छन् । यस अभियोग र चर्चाबारे सशस्त्र प्रहरी आइजी खनालसँग पटक पटक सम्पर्क गर्दा उनले कुरा गर्न चाहेनन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *