रिलायन्स इन्स्योरेन्स र सानिमा क्यापिटलबीच शेयर निष्काशन सम्झौता 

जेठ १९, काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडर सानिमा क्यापिटल लिमिटेडबीच शेयरसार्वजनिक निष्काशन तथा विक्रि प्रबन्ध गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । 

सिद्धार्थ बैँक लिमिटेड लगायत नेपालका केही प्रतिष्ठित घरानाहरु द्वारा प्रवर्दधित रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड(“कम्पनी”)ले जीवन बीमा व्यवसाय संचालन गर्दै  आई रहेको अवस्थामा यस कम्पनीले अधिकृत पूँजी रु. ३ अर्ब र जारी पुँजी रु. २ अर्व १० करोड रहेकोमाजारी पूँजीको ३० प्रतिशतको हुन आउने रकमरु. ६३ करोड बराबरको शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशनका लागि छुट्याइएको छ । 

यसै सम्बन्धमा सर्वसाधारणका लागि जारी गरिने रु.६३ करोड रकम बराबरकोे शेयरको सार्वजनिक निष्काशन सम्बन्धि सम्पूर्ण कार्य निष्काशन तथा बिक्री प्रबन्धको रुपमा गराउनका लागि रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा क्यापिटल लिमिटेड बीच सम्झौता भएको छ। 

null

सो सम्झौतामा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत प्रवीण रमण पराजुली र सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । 

  

  

  

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *