चितवनका घिमिरे वीपी प्रतिष्ठानको प्रदेश संयोजक

 

जेठ ३२, चितवन । नेपाली कांग्रेस रत्ननगर नगर समिति सभापति रुपनराज घिमिरे वीपी स्मृति स्वास्थ्य प्रतिष्ठानको प्रदेश संयोजकमा चयन भएका छन् । 

प्रतिष्ठानको शनिबार काठमाडौंमा भएको नवौं अधिवेशनले घिमिरेलाई केन्द्रिय सदस्यसहित प्रदेश संयोजकमा चयन गरेको हो । घिमिरे चितवन रत्ननगर १० का स्थायी वासिन्दा हुन् । 

null

अधिवेशनले प्रा.डा रोहित कुमार पोख्रेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा वियोगी बुढोथोकी, उपाध्यक्षमा प्रकाश शर्मा, महासचिवमा नवराज शर्मा, सहसचिवमा सरला अधिकारी,कोषाध्यक्षमा अपार न्यौपाने, सहकोषाध्यक्षमा मुक्तिनाथ कोईरालालाई चयन गरेको छ । 

त्यस्तै सदस्यहरुमा रामशरण पाण्डे, रमेश आचार्य, प्रकास पण्डित, मुक्तिराम श्रेष्ठ, विष्णु थपलिया चयन भएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *