‘रंगशालामा डोजर चलाउने प्रकाश कँडेललाई हिरो बनाउनेहरु मुर्ख र धुर्त’

 

कलाकारितामा राम्रो जमिरहेकै थिए, मेरि बास्सै एक नम्बर ट्रेन्डिङमा थियो, एक्कासि महाभुकम्पले देश तहसनहस बनायो । त्यतिबेला धुर्मुस सुन्तली आफ्नो सांगीतिक प्रस्तुति दिन अमेरिका थिए । बारम्बारको भुकम्पको कम्पनले कहाँ गएर ज्यान जोगाउ भइरहेको बेला धेरै मान्छेले देश छोडेका थिए तर, धुर्मुस सुन्तलीले त्यसो गरेनन् । यी दुइ जोडी भुकम्पकै बेला नेपाल फर्केर पीडितहरुलाई उद्धारमा लागिन् । 

पछि जनताकै पैसाबाट भुकम्प पीडितहरुलाई दुई ठाउमा नमुना बस्ती बनाए । त्यतिबेला धेरैले उनलाई ठेकदार, जनताको पैसा खाना यसो गरेको, त्यसो गरेको भनेर विभिन्न आलोचना गरेका थिए । उनिहरुले कसैको कुरालाई सुनेनन । चुपचाप आफ्नो काम गर्दै अगाडि बढे पछि एकपछि अर्को गर्दै दुई ओटा नमुना बस्ती निर्माण गरेर जनतालाई हस्तान्तरण गरेपछि सबैको आरोप गलत साबित भए । 

null

नमुना बस्ती निर्माणमा सफल भएपछि यी दुई जोडीमा थप जोस जाँगर पलायो । आफ्नो देशमा कुशल खेलाडीहरु हुँदाहुँदै एउटा गतिलो रंगशाला नहुँदाको पीडालाई मध्यनजर गरेर ‘अब जन स्तरबाटै रंगशाला निर्माण गर्छु’ भनेर घोषणा गरे । धेरैले ताली बजाए तर पछि यी दुई जोडीको अभियानमा प्रचण्ड पुत्रि रेणु दाहाल जोडिने बित्तिकै कांग्रेस समर्थक ९० प्रतिशत मान्छेहरु धुर्मुस सुन्तली विरुद्ध विभिन्न कुप्रचार गर्दै अगाडि बढे । 

जन स्तरमा जति सहयोग आउनु पर्थ्यो त्यो आएको थिएन । कतिपय जिम्मेवार कांग्रेसको नेताहरुले त ‘यो कम्युनिस्ट सरकारले लुट्नको लागि खटाएको पात्र हो’ समेत भन्न भ्याए । धुर्मुसले सार्वजनिक रुपमा पटक–पटक भनेका छन ‘रंगशाला निर्माण पछि पुर्णरुपमा राज्यलाई हस्तान्तरण गर्छु’ भनेर तर धुर्मुसलाई लखेट्नेहरुले कहिल्यै छोडेनन् । 

जसले जति विरोध गरेपनि रंगशालाको काम जोडतोडले अगाडि बढिरहेकै थियो । रंगशाला चितवनमा बन्ने निश्चित भएपछि रंगशाला वरिपरि जग्गा दलालहरुको ठुलै चलखेल सुरु गरे । धेरैले ठुलो भाग खाने आसमा निर्माण हुँदै गरेको रंगशाला वरिपरि जग्गा पनि खरिद गरेका थिए । 

पछि उनीहरुले रंगशालाका लागि एक चोक्टो जमिन पनि छोड्न सकेनन् । रंगशालाको लागि छुट्याइएको जग्गाबाट नै उनीहरुलाई सडक बनाइदिनु पर्ने प्रस्ताव त्यहाँका केही स्थानीयले गरे । ताकी भोली रंगशाला निर्माण पछि आफुहरुले प्रत्यक्ष लाभ लिन सकियोस । त्यहाँ रंगशाला बन्ने पक्का भएपछि बसाइँ सरेर आएका प्रकाश कँडेल जो नेकपाका स्थानीय नेता समेत रहेको पुष्टि भइसकेको छ । उसले नै स्थानीयलाई उचाल्दै रंगशालाको बार भत्काउने काम गर्यो । 

नेपालमै पहिलो पटक जनस्तरबाट बन्न लागेको रंगशालामा जहाँ परदेशीएका नेपालीहरुको एक एक थोपा पसिना मिसिएको छ । त्यस्तो पवित्र कार्यमा समेत स्थानीयलाई उचालेर प्रकाश कँँडेलले जुन हर्कत गरे यो विकास विरोधी छ । 

धुर्मुस सुन्तलीले गरिबको बस्ती उडायो भन्नलाई त्यहाँ कसैको जमिन माथि धुर्मुसले डोजर चलाउन गएको छैन । सामाजिक संजाल मार्फत कसैलाई सुकुम्बासी वा पीडित बनाएर रंगशाला निर्माण हुदैन । सबैको भावनाको सम्बोधन हुन्छ भनेका छन् । 

रंगशाला निर्माण पछि आफ्नो जग्गालाई छोएर सडक बनाए ६,७ लाखको जग्गा ५०,६० लाख पुग्ने लोभ देखाएर स्थानीयबासी भट्काउने काम प्रकाश कँडेलहरुले गरेका हुन । यसलाई कसैले स्थानीय जनताको हिरो प्रकाश कँडेल भनेर ताली बजाउँछन भने त्यो जस्तो लम्पट, मुर्ख र धुर्त मान्छे दुनियाँमा कोही छैन । 

रंगशालाको डिपिआर आइनसकेको कारण रंगशाला निर्माणको सामग्रीहरु सुरक्षाको लागि महानगरपालिका र वडाको अनुमतिमा बार लगाएको थियो । डिपिआर तयार पछि कता कस्तो बाटो राख्ने भन्ने कुरा तय हुन्छ तर, जसरी केही व्यक्तिको उक्साहटमा रंगशालाको बार भत्काउने काम भयो, त्यसको जति विरोध गरे पनि कम हुन्छ । 

कतिपयको लेखेरै पेट पाल्नु पर्छ । विहान बेलुका छाक टार्नको लागि कसैले धुर्मुसलाई ठेकेदारको उपनाम दिन्छन् भने यसलाई पत्रकारको नाउँमा कलंक भन्नु बाहेक अरु शब्द खर्च गर्नु भनेको समयको बर्बादी मात्र हो । धुर्मुसले रंगशाला कुनै निजी प्रयोजनको लागि निर्माण गर्न लागेको हैन । उनले सार्वजनिक रुपमै भनिसकेका छन ‘रंगशाला निर्माण पछि यो राज्यलाई हस्तान्तरण गर्छु’ । त्यसैले कुन पार्टीका हनुमानहरुले के भन्छन् त्यसलाई खल्लिबल्लि गर्दै धुर्मुस सुन्तलीको यो महान कार्यमा सहयोग गरौँ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *