६ गतेदेखि बुद्ध एयरको सन्ध्याकालीन उडान हटाइने

२०७६ असार ६ गते

असार ५, सुर्खेत । सुर्खेतबाट बुद्ध एयरको सन्ध्याकालीन उडान हटाइने भएको छ। असार १ गतेदेखि शुरु भएको सन्ध्याकालीन उडान यात्रु अभावमा हटाइने भएको हो।
काठमाडौँका लागि बिहान र साँझ दुईपटक उडान गर्ने भनेको बुद्ध एयरले यात्रु अभावका कारण उडान शुरु भएको एक हप्ता नहुँदै असार ६ गतेदेखि सन्ध्याकालीन उडान हटाउने भएको बुद्ध एयरका सुर्खेत इन्चार्ज अनिल पन्तले जानकारी दिए।
null
यसै हप्ताको शुक्रबारदेखि बुद्ध एयरको सुर्खेत–काठमाडौँ सन्ध्याकालीन उडान हटाइने बुद्ध एयरका सुर्खेत इन्चार्ज पन्तले जानकारी दिए। ‘यात्रु अभावका कारण हटाउन बाध्य भएका हौँ’, उनले भने। हाल दुई उडानमा काठमाडौँका लागि ४० यात्रु बुद्ध एयरले पाएको पन्तले बताए। रासस

२०७६ असार ६ गते
प्रतिक्रिया
सम्बन्धित