कामना सेवाको प्रदेश १ मा एकैदिन दुई शाखा शुभारम्भ

काठमाडौं, ३१ जेष्ठ । कामना सेवा विकास बैंक लिमिटेडले क्रमिक रूपमा आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं १ को झापा जिल्लाको कमल गाउँपालिका ५, पाडाजुंङ्गी र बुद्धशान्ति गाउँपालिका १, बुधवारेमा जेष्ठ ३० गते आफ्नो ८८ औं र ८९ औं शाखा कार्यालय स्थापन गरेको छ । बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुभारम्भ गरिएको हो । 

 

सोही क्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले यी शाखा समेत गरि प्रदेश नं १ मा ९ शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र संचालनमा ल्याउने बताउंदै देशको उत्कृष्ट औद्योगिक र व्यापारिक क्षेत्र पूर्व नेपालमा शाखा विस्तारले व्यापार प्रवर्धनमा पनि गति मिल्ने बैंकले बिश्वास लिएको बताएका थिए । त्यस्तै, कार्यकारी अधिकृत बस्नेतले यस बैंकले व्यवसाय बिस्तारको क्रममा नविनतम प्रोडक्ट्हरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिंग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिए । 

null

 

काठमाडौं ३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ८९ वटा शाखा कार्यालयहरु तथा ४० वटा ATM मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकले ABBS , Internet Banking , Mobile Banking V5 , C – ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिंग सेवाहरु उपलब्ध गराउंदै आएको तथा समय सापेक्ष आफ्नो सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *