धरानमा फैलिएको डेंगु प्रकोपको स्वास्थ्य राज्यमन्त्रीद्वारा स्थलगत निरीक्षण

असार २, धरान । स्वास्थ्य राज्यमन्त्री डा. सरोजकुमार यादवले धरानमा फैलिएको डेंगु प्रकोपको स्थलगत निरीक्षण गरेका छन् । आइतबार बेलुकी स्वास्थ्य राज्यमन्त्री डा.सरोजकुमार यादव डेंगु प्रकोपको अवस्था बुझ्न धरान आएका थिए । 

उनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत विरामीहरुसँग समेत भेटघाट गर्दै डेंगु रोगीहरुको अवस्था बुझेका थिए । 

प्रतिष्ठानका पदाधिकारीहरुसँग सोहि बेलुकी कुरा गर्दै राज्यमन्त्री डा. यादवले प्रतिष्ठानले सञ्चालन गरेको र्यापिड टीमको बारेमा समेत जानकारी लिएको प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारले बताए । 

null

 

उनले धरानमा मात्र नभएर छिमेकी इटहरीमा समेत डेंगु फैलन सक्ने अवस्था रहेकोले प्रतिष्ठानमा उपचारका लागि भैपरी आउने अवस्थालाई समेत ध्यान दिँदै उपचार चुस्त दुरुस्त बनाइएको बताए । 

‘डेंगु प्रकोप नियन्त्रण गर्न प्रतिष्ठान सतर्क छ, सरकारले पनि सहयोग गर्नुपर्यो भनेको छु, हामीले सबै कुरा निःशुल्क गरेका छौं ।’ डा. रौनियारले भने । 

प्रतिष्ठानसँगको बैठकमा धरानमा केहि ल्याव सेन्टरहरले डेंगु किटको कालोबजारी गरिरहेको राज्यमन्त्रीलाई जानकारी गराइएको थियो । त्यसपछि राज्यमन्त्री डा. यादवले डेंगु किटको बालोबजारी गर्नेहरुलाई कारबाही गर्न सुनसरी जिल्ला सिडिओ प्रेमप्रकाश उप्रेती र प्रदेश स्वास्थ्य निर्देशनालय भोगेन्द्र डोटेललाई निर्देशन दिएका थिए । 

राज्यमन्त्री यादवले डेंगु प्रकोप नियन्त्रण गर्न प्रतिष्ठानले चालेको कदम सकारात्मक रहेको बताउँदै किट उपलब्ध गराउन आफुले सक्दो पहल गर्ने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *