मोटरसाइकल दुर्घटनामा जलेर मृत्यु हुने दुवैको सनाखत

 

फाइल तस्बिर 

असार ८, रुपन्देही । शनिबार राति रुपन्देहीको सैनामैना मोटरसाइकल दुर्घटनामा जलेर  मृत्यु हुनेको दुवैको पहिचान खुलेको छ । 

null

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ७ ख ५९४८ नं को बसलाई र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु ८ प ८४७५ नंको मोटरसाइकलले ठक्कर दिएपछि मोटरसाइकलको ट्याङ्की विष्फोट भएर आगलागी हुँदा दुवैको जलेर मृत्यु भएको हो । 

यसरी आगलागी हुँदा जलेर मृत्यु हुनेमा करिब २५/३० वर्ष उमेर भएको दाङ लमही वडा नं ३ का काशी चौधरी र मानवबहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भिमलाल भट्टराईले बताए । 

दुर्घटना गराउने बस र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *