वीपीको चिकित्सा तथा दन्तचिकित्सा कल्याण समाजमा नयाँ नेतृत्व चयन, अध्यक्षमा पोखरेल

 

जेठ २१, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सा तथा दन्तचिकित्सा कल्याण समाजमा नयाँ नेतृत्व चयन भएको छ । 

सोमबार भएको निर्वाचनले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो । जसअनुसार वीपीको चिकित्सा तथा दन्तचिकित्सा शास्त्र शिक्षक कल्याण समाजको अध्यक्षमा डा. विष्णु पोखरेल विजयी भएका छन् । 

null

आफ्ना प्रतिस्पर्धी उम्मेद्वारा डा. रोशन प्रसाद शाह कलवारलाई ५० मतले पछि पार्दै पोखरेल विजयी भएका हुन् । पोखरेलले १ सय ४३ मत प्राप्त गरेका छन् भने शाहले ९३ मत प्राप्त गरेका छन् । 

उपाध्यक्षमा डा. शिवेन्द्रा झा विजयी भएका छन् । उनी १ सय ५७ मतले विजयी भएका हुन् । 

त्यसैगरी महासचिवमा डा. सूर्य प्रसाद रिमाल, सहसचिवमा डा. सन्दीप शाह र कोषाध्यक्षमा डा. अञ्जनी कुमार यादव विजयी भएका छन् । उनीहरुले क्रमशः १ सय ८, १ सय ३० र १ सय ३३ मत प्राप्त गरे । 

त्यस्तै सदस्यहरुमा डा. निर्मल प्रसाद शाह, डा. प्रकाश मादेन लिम्बु, डा. भूपेन्द्र शाह, डा. मनोज भट्टराई र डा. लक्ष्मण खनाल विजयी भएका छन् । उनीहरुले क्रमशः १ सय २७, १ सय १६, १ सय ५२, १ सय ५४ र १ सय ६० मत प्राप्त गरे । 

मतपरिणाम राती करिब १० बजे घोषणा गरिएको थियो । 

मात्र ५ जना सदस्यको सिटमा ११ जनाले उम्मेद्वारी दिएका थिए । मतदानबाट चयन भएको नयाँ कार्यसमितिमा सहसचिव र कोषाध्यक्षबाहेक सबै अध्यक्ष डा. पोखरेलको प्यानलका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *