नो अब्जेक्सन लेटरः‘कानुन बनाएर हुबहु कार्यान्वयन गर्दा आपत्ति छैन’ शैक्षिक परामर्श ब्यवसायी (भिडियाे सहित)

जेठ ३१, काठमाडौं । सरकारले कक्षा १० पछी डिप्लोमा कोर्स गर्न विदेश जान चाहने विद्यार्थीलाई रोक लगाएको प्रति सरोकारवालाहरुले आपत्ति जनाएका छन् । नेपाल शैक्षिक परामर्श संघ इक्यानका पूर्व अध्यक्ष राजेन्द्र बराल तथा शैक्षिक परामर्श ब्यवसायीले शिक्षा मन्त्रालयका केहि अधिकारीहरु ब्यक्तिगत स्वार्थमा परेर हचुवाको तालमा नो अब्जेक्सन लेटरमा रोक लगाएको बताएका छन् ।  

मकालु खबरसँगको कुराकानीमा उनीहरुले विद्यार्थीले उनीहरुको इच्छा अनुसार स्वदेश अथवा विदेश जहाँ अध्ययन गर्न चाहेपनि राज्यले रोक्न नमिल्ने बताएका छन् । 

लामो समयदेखि शैक्षिक परामर्श ब्यवसायमा आबद्ध नेपाल शैक्षिक परामर्श संघ इक्यानका पूर्व अध्यक्ष राजेन्द्र बरालले भने–‘गरिब भए राज्यले पढाउनु पर्ने संविधानमा ब्यवस्था छ भने, धनी छ म नेपालमा हैन विदेशमा गएर पढ्न चाहन्छु भन्छ भने राज्यले रोक्न मिल्दैन ।’ 

null

 

बरालले विद्यार्थीले विदेश पढ्न जाँदा समेत १ वर्षको ट्युसन शुल्कको २ प्रतिशत राज्यलाई कर तिरेर जान तयार हुन्छ भने राज्यले रोक्न नमिल्ने दावि गरे । उनले नो अब्जेक्सन लेटर रोक्नुमा केहि समुह र ब्यक्तिको स्वार्थमा गरिएको दावि समेत गरे । बरालले राज्यले बनाएको कानुन हुबहु पालना गरिदिए आफुहरुलाई कुनै आपत्ति समेत नरहेको जिकिर गर्दै शिक्षा मन्त्रालयले निकालेको सुचना नै बाझिएको दावि गरे । 

पिसफुल एजुकेशनल फाउण्डेशनकी म्यानेजिङ डाइरेक्टर निरुपमा महर्जनले पनि सरकारले स्टेकहोल्डरसँग कुनैपनि सल्लाह नगरी गरेको निर्णयले जापान लगायत भाषा प्रशिक्षणमा जाने विद्यार्थीहरुको विचल्ली भएको बताइन् । अकस्मात आएको समस्याले कन्सल्टेन्सी ब्यवसायी भन्दा पनि विद्यार्थीहरुलाई समस्या भएको उनको तर्क छ । ‘जापान भन्ने वित्तिकै जापनीज भाषा पढ्न जाने भन्ने बुझाई छ, सरकारले पनि त्यही अनुसार बुझेको होला कि ? जापानमा भाषा मात्र नभइ विश्वविद्यालय तहमा समेत राम्रा विषय अध्ययन गर्न सकिन्छ ।’ उनले भनिन् । मर्हजनले विना सुचना आएको निर्णयले अफ्टेरो भएको बताउँदै सरकारले चाँडै समस्या हल गर्नेमा विस्वस्त रहेको बताइन् । 

नेपाल जापान काउन्सेलिङ सेन्टरका दीपक भण्डारीले नेपाली विद्यार्थीलाई विदेश जान रोक्ने हो भने स्वदेशमै प्राक्टिकल वेसको शिक्षा दिनुपर्ने बताए । उनले श्रमको लागि विभिन्न देश खुलाउने सरकारले केहि वर्ष विदेश गएर उच्च शिक्षा सँगै सिप सिकेर स्वदेश फर्कन चाहने विद्यार्थीलाई रोक्नु गलत भएको बताए । 

एसइई परीक्षाको नतिजा प्रकाशनको दिन नजिकिँदै जाँदा शिक्षा मन्त्रालयले सूचना प्रकाशन गरी कक्षा १० पास गरेका विद्यार्थीहरुलाई विदेशमा डिप्लोमा तहमा जान नो अब्जेक्सन लेटरमा रोक लगाएको छ । यसले सम्पूर्ण शैक्षिक परामर्श ब्यवसायमा मात्र हैन शिक्षा मन्त्रालयमा नो अब्जेक्सन लेटरका लागि आवेदन दिएका हज्जारौं विद्यार्थीलाई समेत असर गरेको छ । 

कक्षा १२ सम्म विद्यालय शिक्षा कायम गरिसकेको अवस्थामा उच्चशिक्षा अध्ययनको न्यूतम योग्यता कक्षा १२ पास वा सो सरहका उत्तीर्ण विद्यार्थीहरु मात्र विदेशी विश्वविद्यालय वा कलेजमा उच्च शिक्षा हासिल गर्न मात्र नो अब्जेक्सन लेटर दिने सूचना प्रकाशित गरेको छ । 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *